अमेरिकालाई चीनको साथ नयाँ व्यापारिक मार्गचित्रका लागि
2021-03-03 19:54:04CRI
Share with:

अमेरिकालाई चीनको साथ नयाँ व्यापारिक मार्गचित्रका लागि_fororder_001

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले १ तारिख "सन् २०२१ व्यापार एजेन्डा रिपोर्ट र सन् २०२० वार्षिक रिपोर्ट" सार्वजनिक गरेको छ, जसले अमेरिकी सरकारको व्यापार मार्गचित्र प्रस्तुत गरेको छ। यस ३०८ पृष्ठ लामो दस्तावेजमा ४०० भन्दा बढी पटक "चीन" उल्लेख गरिएको छ र धम्कीको भाषामा यो भनिएको छ कि अमेरिकी नयाँ सरकारले चीनको तथाकथित "अनुचित व्यापार प्रथा"लाई सम्बोधन गर्न "सबै उपलब्ध उपकरण" प्रयोग गर्नेछ।

अमेरिकी पूर्व सरकारले उक्साएको चीन-अमेरिका आर्थिक र व्यापारिक तनावका कारण सबै पक्षमा क्षति पुगेको सर्वविदितै छ। यदि नयाँ अमेरिकी सरकार आफ्ना पूर्ववर्ती सरकारकै पुरानो बाटोमा फर्कियो भने कुनै पनि पक्ष यसका परिणाम हेर्न इच्छुक छैनन्।

अमेरिकालाई चीनको साथ नयाँ व्यापारिक मार्गचित्रका लागि_fororder_002

चीन र अमेरिकाबीचको सहयोगले दुबैलाई फाइदा पुर्‍याउनेछ र संघर्षले दुबैलाई चोट पुर्याउनेछ। यो सत्य छ जुन अमेरिका र चीन दौत्य सम्बन्ध स्थापना भएदेखिका तथ्यहरूले बारम्बार प्रमाणित गरिसकेका छन्। स्पष्ट रूपमा हालको अमेरिकालाई चीनसँग नयाँ व्यापार मार्गचित्रको आवश्यकता छ, त्यो हो: बजारको अर्थव्यवस्था र स्वतन्त्र व्यापार नियमको सम्मान गर्ने, मतभेदहरू व्यवस्थापन गर्ने र सहयोगलाई सुदृढ पार्ने।