क्वै चौको तान चाइ जिल्लामा वसन्त चिया संकलन
2021-03-03 11:10:07cri
Share with:

क्वै चौको तान चाइ जिल्लामा वसन्त चिया संकलन_fororder_030301

वसन्तको आरम्भसँगै चीनको क्वै चौ प्रान्तीय छेन तोङ नान म्याउ र तोङ जातीय स्वायत्त प्रिफेक्चरको तान चाइ जिल्लाका विभिन्न चिया आधार क्षेत्रहरूमा चिया टिप्ने काम जारी छ। तान चाइ जिल्लाले उत्कृष्ट भौगोलिक अवस्था र अनुकुल मौसमका कारण चिया व्यवसायको विकास गरेको छ। सन् २०२० मा तान चाइ जिल्लाले ३,२८६ टनको हरियो चिया र १,६६५ टन कालो चिया उत्पादन गरेको थियो र कुल उत्पादन रकम ८७ करोड ८० लाख चिनियाँ युआन पुगेको थियो।