भारतबाट झण्डै ७२५ मेगावाट बिजुली नेपालद्वारा आयात
2021-03-04 18:33:36CRI
Share with:

नेपाल विद्युत् प्राधिकरणको विवरण अनुसार बुधबार मात्रै भारतबाट झण्डै ७२५ मेगावाट बिजुली आयात भएको छ । देशभित्र प्रसारण लाइन भएको भए झण्डै २०० मेगावाट बिजुली प्रणालीमा थप हुने अवस्था छ । तर, त्यसतर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुनै पनि ध्यान दिएको छैन । नदीमा जलसतह घटेको तथा बिजुली उत्पादन घटेका कारण भारतबाट अत्यधिक मात्रामा बिजुली आयात गर्नुपरेको छ । प्रणाली सुधार तथा विद्युत् चुहावट नियन्त्रणमा समेत प्राधिकरणले ध्यान दिएको छैन ।

क्लिकमाण्डु अनलाइनका अनुसार मध्यमस्र्याङ्दी, मस्र्याङदी र कालीगण्डकी जस्ता आयोजनाबाट साँझको समयमा पूर्ण क्षमतामा नै बिजुली उत्पादन गर्न सकिन्छ । तर, सम्बद्ध पक्षका अनुसार ती आयोजनाबाट पनि पूर्ण क्षमता बिजुली उतपादन गरिएको छैन । दिनभरी पानी थुनेर राख्न साँझको समयमा बढी बिजुली उतपादन गर्न सकिने भएपनि प्राधिकरणले त्यसतर्फ ध्यान दिन नसकेको प्राधिकरणका कर्मचारी नै बताउँछन् ।

भारतबाट प्राधिकरणले कूल मागको झण्डै ५४ प्रतिशत बिजुली आयात गरिरहेको छ । कुलेखानी जलाशययुक्त आयोजनालाई पनि गत मंसिरदेखि नै चलाइएको छ । नेपालको एकमात्र जलाशयुक्त आयोजना हो । तीन वटा प्लान्ट रहेको सो आयोजनाबाट कूल १०४ मेगावाट बिजुली उत्पादन हुन्छ ।जलाशयमा पानीको मात्रा घट्दै गएको छ । बिजुलीको माग पनि बढेकाले भारतबाट बढी आयात गर्नुपरेको प्राधिकरणको दावी छ। यस वर्ष माग बढेको छ ।