चिनियाँ कम्युनिष्ट पार्टीको उचित नेतृत्वमा चिनियाँ जनताद्वारा अझ बढी चमत्कार सिर्जना गर्ने
2021-03-04 15:26:30cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको उचित नेतृत्वमा चिनियाँ जनताद्वारा अझ बढी चमत्कार सिर्जना गर्ने_fororder_src=http___5b0988e595225.cdn.sohucs.com_images_20190903_1e1f674f57b241dea8e9c9b2a2337f67.jpeg&refer=http___5b0988e595225.cdn.sohucs

चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहमा सम्बोधन गर्दै घोषणा गर्नुभयो- चिनियाँ कम्युनिष्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १००औं वार्षिकोत्सवको महत्त्वपूर्ण क्षणमा चीनको गरिबी उन्मूलनले एक व्यापक जीत हासिल गरेको छ। चीनले गरिबी निवारण कार्य संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास कार्यक्रमको निश्चित लक्ष्यभन्दा १० वर्षअगाडि नै पूरा गरेको छ।

पहिले चीन विश्वमा सबैभन्दा धेरै गरिब जनसंख्या भएको मुलुक थियो।सन् १९७८ मा ग्रामीण क्षेत्रमा प्रत्येक व्यक्तिको वार्षिक आम्दानी एक सय युआनको गरिब मापदण्डअनुसार, २५ करोड चिनियाँहरूको आम्दानी उक्त मापदण्डभन्दा कम थियो। सन् २००८ चिनियाँ गरिबीको मापदण्ड प्रत्येक व्यक्त वार्षिक आम्दानी  १ हजार १ सय ९६ युआनसम्म बढेको थियो। यो मापदण्ड सन् १९७८ को तुलनामा ११ गुणाको वृद्धि भएको थियो। साथै गरिबको संख्या ४ करोड ७० हजारले घटेको थियो। सन् २०२० मा चिनियाँ ग्रामीण क्षेत्रमा सबै गरिबहरू गरिबीबाट मुक्त भएका छन्।