विदेशी संचारमाध्यमहरूले चीनलाई घृणा गरेको हुन् कि?
2021-03-05 15:56:31CRI
Share with:

विदेशी संचारमाध्यमहरूले चीनलाई घृणा गरेको हुन् कि?_fororder_himawaimei0305-1

स्थानीय समय अनुसार, मार्च ४ तारिख बेलायती द गार्जियन समाचारपत्रले बीबीसीको नक्कली समाचारको समर्थन गरेको छ। विदेशी इन्टर्नेट प्रयोगकर्ताले विश्वासै नगरी आ-आफ्नो विचार व्यक्त गरेका छन्।

‘विदेशी संचारमाध्यमले चीनलाई घृणा गरेको छ?’

चीनका लागि बेलायती राजदूत रोलान्ड विल्सनले मार्च २ तारिख चिनियाँ सामाजिक संचारमाध्यममा यस्तो प्रश्न सोध्नुभयो। यस प्रश्नको जवाफ दिँदै चिनियाँ नेटिजनले दुरून्तै उत्तर दिएका छन् कि सबैभन्दा शक्तिशाली उत्तर सत्यतथ्य नै हो।

साथै बीबीसी तथा बेलायतका अन्य संचारमाध्यमले पटक पटक गरी नयाँ नयाँ नक्कली समाचारहरू बनाइरहेका छन्।

मार्च २ तारिख बेलुकी, प्रसिद्ध बीबीसी नक्कली समाचार उत्पादक ‘चीनको लागि रिपोर्टर’ शा लैले केही वर्षअघि सीसीटीभीका पत्रकारले सिन्च्याङको गरिब क्षेत्रबाट बाहिर काम गर्न गएका महिला युवतीमाथि गरिएको सर्भेक्षण रिपोर्टको अघिल्लो भागलाई फेरि सम्पादन गरेर आफ्नो व्याख्या थपेका थिए। यसै आधारमा चीन सरकारले सिन्च्याङवासीहरूमाथि बाध्यात्मक श्रम तथा बसाइँसराइको प्रमाण भएको देखाइएको छ। चाइना मिडिया ग्रूपका पत्रकार लगायत चिनियाँ संचारमाध्यमहरूले त्यो विषय नक्कली भएको दाबी गरेपछि बेलायती द गार्जियन समाचारपत्रले लामो लेख प्रकाशित गर्दै ‘चिनियाँ कम्युनिष्ट पार्टीले बीबीसीको विश्वसनीयतामाथि प्रहार गरिरहेको कुरा थिङ्कट्याङ्कले फेला पारेको’ उल्लेख गर्यो।

बीबीसीको लेखमा उल्लेखित थिंकट्यांक तथा विद्वानहरू अस्ट्रेलियास्थित चीन विरोधी एएसपीआई संस्था हो। बीबीसी जस्तै त्यो थिंकट्यांकले पश्चिमी मुलुकका संचारमाध्यमलाई चीन विरोधी नक्कली सूचनाको लडाईंमा योजना र विचार प्रदान गर्ने संस्था हो र लामो समयसम्म अमेरिका तथा अस्ट्रेलिया सरकार तथा सेनाबाट आर्थिक सहायता पाइरहेको पनि छ।

सो लेख सामाजिक संजालमा राखिएपछि लगभग २०० वटा शेयर र अधिकांश कमेन्ट चीन सरकारको समर्थनमा देखिन्छन्। बेलायती दर्शकहरूले आफ्नो अनुभवबाटै चीनका लागि बेलायती राजदूतको प्रश्नको जवाफ दिएका छन्।

विदेशी संचारमाध्यमहरूले चीनलाई घृणा गरेको हुन् कि?_fororder_himawaimei0305-2

इन्टर्नेटप्रयोगकर्ता जेम्सले यसरी भने, ‘अचम्म लाग्दो। बीबीसीले चीनको सत्तारूढ पार्टीमाथि हिलो छ्यापिरहेको दर्जनौं वर्ष भइसकेको छ। बाल्यकालमा इन्टर्नेट नभएको बेला मैले हरेक दिन बीबीसी च्यानल-४ सुन्ने गर्दथें। त्यतिबेला मेरो सोचाइ यस्तो थियो कि जन्मने बित्तिकै चिनियाँहरूको हातमा ऋण हुन्छ र जीवनभरि ऋणबाट मुक्ति पाउन नसकेपछि अर्को पुस्तामा सारिन्छ।’

विदेशी संचारमाध्यमहरूले चीनलाई घृणा गरेको हुन् कि?_fororder_himawaimei0305-3

इन्टर्नेटप्रयोगकर्ता जोनाथन यसरी भन्छनः ‘अफसोस् !चीन सम्बन्धि बीबीसीको रिपोर्ट अपमानजनक छ। बेलायती कूटनीतिज्ञको निर्देशनमा लेखिएको हुनसक्ने सम्भावना छ। उनीहरूको श्रोत भर पर्दो देखिँदैन।’

बीबीसीको पैसा बेलायती दर्शकहरूबाट तिरिएको कर हो। करको प्रयोग गरेर नक्कली समाचार बनाएको रिपोर्ट बेलायती संचारमाध्यमले वास्ता गर्दैनन् र?

चिनियाँहरूले बेलायती राजदूतसँग पनि एक प्रश्न सोध्छन्, ‘केही विदेशी संचारमाध्यमहरूले चीनलाई घृणा गरेका छन् कि? जवाफ दिनुहोला।’