बहराइनका राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहणका गर्ने
2021-03-05 15:50:50CRI
Share with:

बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी गराएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ। आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक गरी १६ जना रहने जनाइएको छ।

उनीहरु विशेष विमानबाट आउने र ७९ दिन नेपालमा रहने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।