#आँखीझ्याल#चीन र ग्रीसबीचको सांस्कृतिक आदान-प्रदानमा लागिरहेकी दिदीबहिनी
2021-03-05 10:34:56cri
Share with:

 

#आँखीझ्याल#चीन र ग्रीसबीचको सांस्कृतिक आदान-प्रदानमा लागिरहेकी दिदीबहिनी_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_debc8130-c832-4738-833e-aac67bd0e345

ग्रीसकी जुम्ल्याहा दिदीबहिनी मारिएन्ना र सोफिया सररर चिनियाँ भाषा बोल्नसक्छन्। उनीहरू भिडियोमार्फत चिनियाँ मित्रहरूलाई ग्रीसबारे जानकारी दिने गर्छन्। ग्रीसका पर्यटन मन्त्री ह्यारिस थेओसारिसले उनीहरूलाई “चीनका लागि ग्रीसका पर्यटन दूत”को उपाधि समेत प्रदान गरेका छन्। साथै पर्यटन मन्त्री थेओसारिसले उनीहरूले चीन र ग्रीसको पर्यटकीय तथा सांस्कृतिक आदान-प्रदानका लागि योगदान दिने आशा व्यक्त गरेका छन्।

जुम्ल्याहा मारिएन्ना एरोटोक्रिटौ र सोफिया एरोटोक्रिटौले आफ्ना बुबाका कारण चीन र चिनियाँ संस्कृतिलाई माया गरेकी हुन्। उनीहरूका बुबा काम विशेषले सन् २०१० देखि चीन र ग्रीस आवात-जावत गर्दैआएका छन्। हरेक पटक चीनबाट फर्कँदा बुबाले उनीहरूलाई चीनबाट उपहार ल्याइदिन्थे। साथै बुबाले चीनमा प्राप्त गरेको अनुभव पनि बाँड्ने गर्दथे। विस्तारै दिदीबहिनीले चीन र चिनियाँ संस्कृतिबारे चासो लिन थालेका थिए। बुबाको प्रोत्साहनमा उनीहरूले उच्च माध्यमिक विद्यालयको समयमा तीन महिनासम्म चिनियाँ भाषा सिकेका थिए। त्यसपछि उनीहरूले अध्ययनका लागि चीन जाने इच्छा व्यक्त गरेका थिए। यसबारे बहिनी सोफिया भन्छिन् “चिनियाँ भाषा सिक्न हामीले चीन जाने निर्णय गरेका थियौं। चीनमा हामीले राम्रोसँग चिनियाँ भाषा र चिनियाँ संस्कृति सिक्नसक्ने छौं। त्यसैले हामीले छात्रवृत्तिका लागि निवेदन दियौं र चीन गयौं।”