राष्ट्रिय जन काँग्रेस संगठन प्रणाली संशोधनमा हुने
2021-03-05 17:34:18CRI
Share with:

      चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था जनकाँग्रेस र यसको स्थायी समितिले कानूनबमोजिम अधिकारको कार्यान्वयन गर्ने महत्वपूर्ण प्रत्याभूतिको रुपमा जनकाँग्रेस प्रतिनिधिसभा संगठनको संशोधन मस्यौदा र जनकाँग्रेस प्रतिनिधिसभाको प्रक्रियाको नियम संशोधन मस्यौदा आज मार्च ५ तारिख तेह्रौं जन काँग्रेसको चौथो सम्मेलनसमक्ष पेश गरिएका छन्। तीसभन्दा बढी वर्षपछि पहिलो पटक संशोधन गरिएका यी दुवै कानूनले धेरै पक्षमा जनकाँग्रेस र यसका स्थायी समितिको संगठन प्रणालीकाम प्रणालीकार्यक्रमलाई पूर्णता दिलाउने छ। यी दुईटा कानूनले पूर्ण प्रजातन्त्रलाई सुद्दढ कायम राख्दै जनताको इच्छा र अधिकारमा जोड दिने छन्।

जनकाँग्रेसको प्रणालीमा जनताहरुले प्रतिनिधिको निर्वाचन मार्फत् राष्ट्रिय मामिलामा भाग लिन्छन्। प्रतिनिधिको भूमिकाबाट जनताले राष्ट्रको नेतृत्व बहनलाई प्रत्याभूति गर्दछ। यो पनि समाजवादी प्रजातन्त्रको स्पष्ट अभिव्यक्ति हो।