हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन प्रणाली सुधार गर्न आवश्यक छ
2021-03-05 16:08:51CRI
Share with:

हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन प्रणाली सुधार गर्न आवश्यक छ_fororder_01

चिनियाँ राष्ट्रिय काँग्रेसको चौथो अधिवेशनको एजेन्डा ४ तारिखको साँझ घोषित भयो। महत्वपूर्ण एजेन्डामध्ये एक "हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन प्रणाली सुधार गर्ने सम्बन्धमा" चिनियाँ राष्ट्रिय काँग्रेसको चौथो अधिवेशनको निर्णयको गतिविधिको समीक्षा गर्नु हो।

हङकङको वर्तमान निर्वाचन प्रणालीमा कमजोरीहरू रहेका छन्। यसले उम्मेदवारहरू देशभक्तको मापदण्ड पूरा गर्छन् भन्ने प्रत्याभूति दिन सक्दैन। हङकङमा चीनको विपक्षमा गडबडी गर्यो र "हङकङ स्वतन्त्रता" जस्ता कट्टरपन्थी अलगाववादी शक्तिले चुनावमा हेरफेर गर्ने अवसर लियो र शासन निकायमा प्रवेश गरेको छ। कानूनी शासनको अधीनमा रहेको देशमा यस्तो प्रकारको अराजकता असैह्य छ। हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो। यसको चुनावी प्रणालीको सुधार स्वाभाविक रूपमा केन्द्रीय सरकारको नेतृत्वमा गरिनुपर्छ।

चीनको सर्वोच्च अधिकारीको रूपमा, चिनियाँ राष्ट्रिय काँग्रेसको चौथो अधिवेशनले हङकङको विशेष प्रशासनिक क्षेत्रको निर्वाचन प्रणाली सम्बन्धी निर्णय संवैधानिक तहबाट लिन्छ, जुन शक्ति र दायित्व दुवै हो।

हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन प्रणाली सुधार गर्न आवश्यक छ_fororder_02

जनमतको पूर्ण सम्मानका लागि चिनियाँ केन्द्रीय सरकारले हङकङको औद्योगिक, वाणिज्य, आर्थिक, व्यावसायिक र श्रमिक क्षेत्रका प्रतिनिधिहरूका साथसाथै हङकङ विशेष प्रशासनिक सरकारका प्रतिनिधिहरुको राय विस्तृत रूपमा सुन्नका लागि धेरै गोष्ठीहरू आयोजना गरेको छ। "हङकङमा शासन गर्ने देशभक्त" को प्रणालीमा सहमति र सुधार गरिएका छन्।

हङकङ मातृभूमिमा फिर्ता भएदेखि नै "एक देश, दुई प्रणाली", "हङकङमा शासन गर्ने हङकङका मानिस" र उच्च स्तरको स्वायत्तताका सिद्धान्तहरु लागू भइसकेका छन। हङकङका वासिन्दाहरूले अभूतपूर्व लोकतान्त्रिक अधिकार र व्यापक स्वतन्त्रता पाएका छन्। हङकङको लोकतान्त्रिक प्रणाली अझ स्वस्थ हुनका लागि चिनियाँ राष्ट्रिय काँग्रेसको चौथो अधिवेशनले हङकङको निर्वाचन प्रणालीमा सुधार गर्ने निर्णय गरेको छ।