चीनले अझ ठूलो परिधिको, फराकिलो तथा गहन वैदेशिक खुलापन लागू गर्ने
2021-03-05 11:40:46cri
Share with:

चीनका प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै चीनले अन्तर्राष्ट्रिय आर्थिक सहयोगमा अझ राम्रोसँग संलग्न हुनका लागि अझ ठूलो परिधिको, फराकिलो तथा गहन वैदेशिक खुलापन लागू गर्ने बताउनुभएको छ। चीनले ठूलो खुलस्त बजार तथा विकसित मौकाको उपभोग गराउनका लागि विदेशी व्यापारीलाई चीनमा लगानीका लागि स्वागत गरेको छ।

ली ख छ्याङले भन्नुभएअनुसार, चीन सरकारले उच्च गुणस्तरीय रूपमा “बेल्ट एण्ड रोड”को संयुक्त रूपमा निर्माण गर्ने, महत्वपूर्ण परियोजनाबारेको सहयोगलाई व्यवस्थित रूपमा बढाउने र आधारभूत प्रबन्धको पारस्परिक सम्पर्क तथा आदानप्रदानलाई बढाउने छ।

यसका साथै चीनले अडिग रूपमा बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण गर्दै सकारात्मक क्षेत्रीय आर्थिक साझेदारी सम्बन्धबारेको सम्झौतालाई छिटै व्यवहारमा उतार्ने पनि प्रधानमन्त्री ली ख छ्याङले बताउनुभएको छ। साथै पारस्परिक रूपमा सम्मान गर्ने आधारमा चीन-अमेरिका सम्मान एवम् पारस्परिक हितकर आर्थिक व्यापार सम्बन्धलाई अगाडि बढाउने पनि प्रधानमन्त्री लीले प्रकट गर्नुभयो। विश्वका विभिन्न मुलुकसित पारस्परिक खुलापनलाई विस्तृत पारेर पारस्परिक रूपमा सँयुक्त विकास साकार तुल्याउन चीन इच्छुक छ।