चीनका परराष्ट्र मन्त्रालय: चीनले सम्बन्धित पक्षहरूलाई हङकङ मामिला र चीनको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेप बन्द गर्न आग्रह
2021-03-06 17:09:11CRI
Share with:

थाहाभए अनुसार मार्च ५ तारिख ७० देशको प्रतिनिधित्व गर्ने बेलारूसले संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिको ४६औं बैठकमा एक सम्बोधन  दिए। उनले हङकङ सम्बन्धी मुद्दाहरूको बारेमा चीनको अडानको समर्थन गर्दै हङकङ सम्बन्धित मुद्दाहरूको माध्यमबाट चीनको आन्तरिक मामिलामा पश्चिमा देशहरूको हस्तक्षेपको विरोध गरेको कुरा बताए।

सम्बन्धित प्रश्नहरूको जवाफ दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले धेरै संख्यामा विकासोन्मुख देशहरूले संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदमा न्यायिक आवाज उठाएका छन्, जसले जनताको हृदयमा निष्पक्षता र तथ्यहरू पूर्ण रूपमा प्रदर्शन गरेको बताउनुभयो। राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्ने चीनको प्रतिवद्धता अटल छ, र हङकङको समृद्धि र स्थिरता कायम गर्न "एक देश, दुई प्रणाली" नीति कार्यान्वयन गर्ने र त्यसको दृढ संकल्प अटल रहेकोमा प्रवक्ता वाङले जोड दिनुभयो।

उहाँले हङकङ चीनको हङकङ हो, हङकङका मामलाहरू पूर्ण रूपमा चीनको आन्तरिक मामिला हुन्, र कुनै पनि देश, संस्था वा व्यक्तिलाई हस्तक्षेप गर्ने अधिकार छैन जोड दिनुभयो।