नयाँ विकास अवधारणा र राष्ट्रिय एकतामा सीद्वारा जोड
2021-03-06 14:01:33CRI
Share with:

नयाँ विकास अवधारणा र राष्ट्रिय एकतामा सीद्वारा जोड_fororder_01

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ पाँच तारिख दिउँसो तेहौँ चिनियाँ जन काँग्रेसको चौथो अधिवेशनको भित्री मंगोलिया प्रतिनिधिमण्डलको बैठकमा संलग्न हुनुभएको छ। सो अवसरमा उहाँले नयाँ विकास अवधारणा एक पूर्ण अवधारणा हो जसको सटीक तथा सम्पूर्ण रूपमा बुझेर पालना गर्नुपर्छ र नयाँ विकास ढाँचालाई सहयोग प्रदान गर्नुपर्ने दोहोर्याउनुभयो। राष्ट्रिय एकताको परम्परा र नमूना स्वायत प्रदेशको सम्मानमा अडिग रहेर राष्ट्रिय एकताको समग्र स्थितिलाई सुदृढ पार्नुपर्नेमा सीले जोड दिनुभयो। पार्टी इतिहासको शिक्षा र सिकाइलाई बढाएर पार्टीका समस्त सदस्यलाई मौलिक आकांक्षा र लक्ष्य नबिर्सेर चिनियाँ जनताका लागि सुखमय जीवन र राष्ट्रको पुनरूत्थान गर्न निर्देशित हुनुपर्ने पनि सीले दोहोर्याउनुभयो।

प्रतिनिधिहरूको भाषण सुनेपछि सी चिनफिङले पनि भाषण गर्नुभयो। उहाँले एक वर्षयता भित्री मंलोलियाको कार्यको उच्च प्रशंसा गर्नुका साथै जनताकेन्द्रित विकास अवधारणामा अडिग रही नयाँ विकास अवधारणाका साथ भित्री मंगोलियालाई उत्तरी चीनको महत्वपूर्ण पारिस्थितिकीय सुरक्षा कवजको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। भित्री मंगोलियालाई राष्ट्रिय महत्वपूर्ण ऊर्जा र रणनीतिक स्रोत बेस, कृषि तथा पशुपालन वस्तु उत्पादन बेसको विकास गरी उत्तरतिर खुल्ने चीनको महत्वपूर्ण ब्रिजहेडको रूपमा विकास गर्नुपर्ने सीले दोहोर्याउनुभयो।

सीले चीनको नयाँ विकास ढाँचामा भित्री मंगोलियाको स्थान खोजेर आफ्नै श्रेष्ठता र कमजोरीको विश्लेषण गरी आर्थिक विकासको मुख्य उत्पादन र दिशा निश्चित गर्नुपर्ने कुरामा जोड दिनुभयो। सम्बन्धित उद्योगलाई उच्च तह, बुद्धिमत्ता र हरित विकास गर्नुपर्ने सीले बताउनुभयो। सुधार तथा खुलापनलाई अझ गहन पारी व्यापारिक वातावरणलाई अझै सुधार गरेर वेल्ट एन्ड रोडको निर्माणमा सक्रिय संलग्न भइ उच्च गुणस्तरीय विकासलाई राम्ररी पूरा गर्नुपर्ने सीले दोहोर्याउनुभयो।

सीले भित्री मंगोलिया समयमै गरिबीको निवारण हुनु नै अन्त होइन तर नयाँ जीवनको सुरूवात हो भन्नुभयो। उहाँले भित्री मंगोलियाली भूभाग विशाल छ तर जनसंख्या थोरै हुनुका साथै किसान र पशुपालकका आवास क्षेत्रबीच दूरी र कमजोर पर्यावरणीय स्थिति भएकाले गरिबी निवाणको उपलब्धिलाई कायम राख्न र ग्रामीण पुनरूत्थान गर्न निकै कठिनाइ हुनु भनेको फेरि गरिबीमा फर्किन सक्ने संभावनातर्फ सचेत हुनुपर्ने दोहोर्याउनुभयो। विशेषतायुक्त उद्योगको विकास गरी कृषि तथा पशुपालनलाई उद्योगको रूपमा विकास गर्नुका साथै साँस्कृतिक तथा गाउँ पर्यटन मिलाएर विकास गरिएमा किसान र पशुपालकको आय बढाउन सकिने सुझाव दिनुभयो।

सीले भित्री मंगोलियाको परिस्थितिको संरक्षण गरी उत्तरी चीनको पारिस्थितिक सुरक्षा अवरोधलाई सुदृढ पार्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले वायु, पानी, माटो प्रदूषणको समग्र सुधार गरी हरित तथा कम कार्बन विकासलाई तीव्र पार्नुपर्ने भन्दै पहाड, पानी, वन, खेती, ताल, घाँसे मैदान, मरूभूमिलाई व्यवस्थापन गरी पारिस्थितिकीय स्थिरता र दीगो विकास गर्नुपर्ने बताउनुभयो।

सीले भित्री मंगोलिया चीनमा सबभन्दा पहिला स्थापित जातीय स्वशाशित क्षेत्र हो भन्दै राष्ट्रिय एकताको परम्परालाई अरू विकास गरी विभिन्न जाति कोही पनि छुट्न नहुने विचार लिएर चीन राष्ट्र, चिनियाँ कम्युनिष्ट पार्टीप्रति विभिन्न जातिका जनताको पहिचान भावलाई बढाउनुपर्ने उल्लेख गर्नुभयो।

सीले साँस्कृतिक पहिचान सबभन्दा गहिरो पहिचान हो भन्दै राष्ट्रिय एकताको मूल पनि हो भन्नुभयो। राष्ट्रिय साझा भाषा र लिपीको राम्रोसँग लोकप्रिय बनाउनुका साथै विभिन्न जातीय सर्वसाधारणलाई चीन राष्टिय समुदायमा चेतना  दिनुपर्ने सीले दोहोर्याउनुभयो।