हङकङ मामिला चीनको आन्तरिक मामिला हो भन्ने सत्तरी मुलुकको घोषणा
2021-03-06 16:42:26CRI
Share with:

हिजो पाँच तारिख जेनेभामा आयोजना भएको संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिको ४६औं बैठकमा सत्तरी मुलुकको तर्फबाट बेलारुसका प्रतिनिधिले संयुक्त भाषण दिँदै हङकङ मामिला चीनको आन्तरिक मामिला भएकोले कुनै पनि विदेशले यसमा हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभएको छ।

उक्त भाषण अनुसार सार्वभौम राज्यहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु नैसंयुक्त राष्ट्र चार्टरको महत्वपूर्ण सिद्धान्त र अन्तर्राष्ट्रिय आधारभूत सिद्धान्त हो। हङकङ विशेष प्रशासनिक क्षेत्र चीनको अविच्छिन्न विभाग हो। यस भाषणले सम्बन्धित पक्षले चीनको सार्वभौमिकतालाई खास गरी सम्मान दिन आह्वान गरेको छ।