हङकङ सम्बन्धी सत्तरी मुलुक घोषणाप्रति संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधिको प्रतिक्रिया
2021-03-06 17:07:57CRI
Share with:

हङकङ सम्बन्धी सत्तरी मुलुकको संयुक्त घोषणाबाट स्पष्ट के अभिव्यक्त भएको छ भने चीनले हङकङ मामिलामा लिएको न्यायिक अडान र कदमले व्यापक समर्थन पाएको छ। केही पश्चिमा मुलुकले मानव अधिकारको झण्डामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुचेष्टा गरेका छन्, जुन अवश्य नै विफल हुने छ। संयुक्त राष्ट्र संघको जेनेभा कार्यालयका लागि चिनियाँ स्थायी प्रतिनिधि छन शुले पाँच तारिख चिनियाँ तथा विदेशी पत्रकार अनलाइन सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार पैचिङ्गमा जारी तेह्रौं जन काँग्रेसको चौथो अधिवेशनले हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन प्रणालीलाई पूर्णता बारेको निर्णयलाई लेखाजोखा गर्ने छ। चीनको राष्ट्रिय सार्वभौमिकतासुरक्षा र विकासको संरक्षण गर्ने अठोट द्दढ हुने छ। सम्बन्धित पक्षलेसंयुक्त राष्ट्र संघ चार्टरर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तलाई पालना गर्दै हङकङ मामिलामा हस्तक्षेप गर्ने जस्ता गतिविधि बन्द गर्ने ताकिता पनि चीनले गरेको छ।