चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको सबैभन्दा महत्वपूर्ण कारणहरु:रुसी कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका अध्यक्षको लेख
2021-03-06 14:57:28cri
Share with:

रुसको《प्राब्दा》ले मार्च ४ तारिख 《चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको महत्वपूर्ण कारणहरु》भन्ने शीर्षकको लेख सार्वजनिक गरेको छ। यो लेख रुसको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका अध्यक्ष पावेल ग्रुदिनिनद्वारा बनाइएको हो। उहाँको विचारमा स्थापना भएदेखि यता चिनियाँ कम्युनिष्ट पार्टीले महान उपलब्धि सिर्जना गर्दै चिनियाँहरुलाई गरिबीग्रस्त पुरानो चीनबाट नयाँ चीनको महान पुनरुत्थानतर्फ नेतृत्व गर्दछ। चिनियाँ कम्युनिष्ट पार्टीको सफलतासँग उत्कृष्ट सिद्धान्तहरु रहेका छन्।

उहाँका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अभ्यासबाट स्पष्ट रुपमा देख्नसकिन्छ चिनियाँ कम्युनिष्ट पार्टीले चीनमै उच्च स्थान लिनुको मुख्य कारण जनतासँग घनिष्ट सम्पर्क राख्नु हो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले जोड दिनुभएअनुसार जनतालाई सम्मान दिँदै मुख्य स्थानमा राख्नु्पर्छ। जनतालाई केन्द्रमा राख्ने चिनियाँ कम्युनिष्ट पार्टी विश्वमा सबैभन्दा ठूलो परिमाणको राजनीतिक संगठन हो। यसले चीनको तिब्र विकास गतिलाई प्रत्याभूति गर्दछ।