चीनमा एकल ज्येष्ठ नागरिकका लागि स्मार्ट प्रविधि
2021-03-10 09:12:43cri
Share with:

----------अजय अलौकिक

चीनमा एकल ज्येष्ठ नागरिकका लागि स्मार्ट प्रविधि_fororder_src=http___images1.wenming.cn_web_wenming_syjj_dfcz_201210_W020121022477199713585&refer=http___images1.wenming

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो (जोसेफ) बाइडन हाल ७८ वर्षका भए। योसँगै उनी अमेरिकाका सबैभन्दा पाको उमेरका राष्ट्रपति बनेका छन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ७० वर्षको उमेरमा राष्ट्रपति बनेर रोनाल्ड रेगनले ६९ वर्षमा अमेरिकी राष्ट्रपति बनेको किर्तिमान तोडेका थिए। यस्तै अवस्था नेपालको राजनीति वृत्तमा पनि देखिन्छ।

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको उमेर ६८ वर्ष छ। यसैगरी ज्योतिषले फेरि पनि प्रधानमन्त्री बन्‍ने भविष्यवाणी गरेको भन्‍ने नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको उमेर ७४ वर्ष छ भने अर्का शीर्षस्थ नेता रामचन्द्र पौडेल ७८ वर्षका छन्। यसै गरी माधव कुमार नेपाल ६७ र पुष्पकमल दाहाल ६६ वर्षका छन्। दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरणको चर्चा जति चले तापनि नेपालको राजनीति यिनीहरूकै वरिपरि घुमिरहेको छ। तर समग्र आमनेपालीमा वृध्दवृध्दा तथा ज्येष्ठ नागरिकको यथार्थ धेरै फरक छ।

चीनमा एकल ज्येष्ठ नागरिकका लागि स्मार्ट प्रविधि_fororder_src=http___nanning.baogaosu.com_content_image236251643&refer=http___nanning.baogaosu

गाउँघरमा वृध्दवृध्दाको अवस्था दयनीय छ, कि त एक्ला छन् कि नाति नातिनाको हेरचाह गर्छन्। गाउँघरका युवापुस्ता रोजगारको सिलसिलामा परदेशिएका छन्। तापनि गाउँघरको सामाजिक अवस्थितिले एकले अर्कालाई सहयोग गर्ने भावनाका कारण भंयकर दुर्घटनाको जोखिम कम देखिन्छ। तर सहरको अवस्था धेरै नै गम्भिर देखिन्छ। कङ्क्रिट जङ्गलको बीचमा सबै आआफ्ना धुनमा हराएका छन्। एउटै सहरमा भए तापनि वृध्द बुवा आमाबाट सन्तान पर छन् या अलग छन् त कसैको सन्तान रोजगार या उच्च शिक्षाका लागि विदेशिएका छन्।

यसै गरी कोही वृध्दवृध्दा बहालमा बसेका छन् त कोही कोठा बहालमा दिएर बसेका छन् तर उनीहरू के गर्दैछन्, के भइरहेको छ यस्तो कुराबाट छिमेकी वा सन्तान पनि बेखबर छन्। यस्तै अवस्था चीनमा पनि बढ्दो छ। कामको सिलसिलामा सहर पस्‍ने र विदेशमा रोजगार तथा अध्ययन गर्ने सन्तानका कारणका साथै परिवारमा एक मात्र सन्तान भएका कारणले वृध्दवृध्दा एक्लै बस्‍न बाध्य छन्। साथै चीनमा एकल पुरूष तथा महिला ज्येष्ठ नागरिकको संख्या पनि धेरै छ। हुन त चीनमा ज्येष्ठ नगारिकलाई यातायातदेखि लिएर दैनिक जीवनयापनका विविध कुरामा सरकारले सहुलियत दिँदैआएको छ।

चीनमा एकल ज्येष्ठ नागरिकका लागि स्मार्ट प्रविधि_fororder_src=http___www.ahiib.com__upload_article_images_62_ea_c4da377c4316992c56d0b52a4873_029d4b65-8c39-4341-9b46-1a17fe347946_d&refer=http___www.ahiib

यसै बीच ज्येष्ठ नागरिकलाई मध्य नजरमा राखेर चीनको साङहाई सहरको एक समुदायमा गजबको स्मार्ट उपाय अपनाइएको छ। यसै साङहाई सहर यस वर्षको विश्‍वको स्मार्टेस्ट सिटीको उपाधि पाउने पहिलो चिनियाँ सहर पनि बनेको थियो।

साङहाई सहरको छाङनिङ जिल्लाको च्याङ सु सडक समुदायले एक्लै जीवनयापन गरिरहेका एकल पुरूष तथा महिला ज्येष्ठ नागरिकका लागि स्मार्ट पानी मिटरको स्थापना गरेको छ। यदि १२ घण्टाभित्र स्मार्ट पानी मिटरमा ०.०१ घन मिटरभन्दा कम मापन भएमा स्वचालित रूपमा उक्त मिटरले चेतावनी दिने छ र लगत्तै समुदायका कर्मचारीले तुरून्तै उक्त घरको वस्तुस्थितिबारे जानकारी लिने छ।

यस बाहेक एकल ज्येष्ठ नागरिकको घरमा स्मार्ट ढोका सेन्सर पनि स्थापना गरिने भएको छ। यदि तोकिएको समयमा ढोका नखुलेमा चेतावनी जारी गरिने बताइएको छ। यसले चिनियाँ समाजले वृध्दवृध्दामा ध्यान दिएको स्पष्ट हुन्छ।

हाल साङहाईको एक क्षेत्रमा अपनाइएको यो स्मार्ट तरिकालाई चिनियाँहरूले देशैभर फैलाउनुपर्ने विचार राखेका छन्। साथै पछिल्लो समय चीनमा ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धमा व्यापार तथा सेवाको पनि विस्तार भएको छ। सन् २०२० जुनसम्म दुई लाख २० हजार बढी नर्सिङ संस्थाहरू खोलिएका छन्। यसै गरी चीनको १४औं पञ्‍च वर्षीय योजनामा पनि ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धसँगै उमेर ढल्किँदै गएको कार्यशक्तिप्रति पनि नीति नियमको तर्जुमा तथा सुदृढीकरण गरिने देखिन्छ। चीनमा ज्येष्ठ नागरिकको संख्यामा वृध्दि भएसँगै सन् २०१५ को अन्ततिर दुई सन्तान नीतिलाई अपनाइएको थियो।

चीनमा एकल ज्येष्ठ नागरिकका लागि स्मार्ट प्रविधि_fororder_u=1637818108,4062434849&fm=26&gp=0

सन् २०१९ को तथ्याङ्क अनुसार, ६० वा ६० वर्षभन्दा माथिको उमेर भएकाको जनसंख्या २५ करोड ४० लाख छ। सन् २०२५ मा यो संख्या ३० करोड पुग्ने र सन् २०५० मा ५० करोड पुग्‍ने अनुमान छ। साथै एक तथ्याङ्क अनुसार, सन् २०५० सम्ममा चीनमा कुल जनसंख्याको करिब १० प्रतिशत ज्येष्ठ नागरिक घर कुरूवा हुने अनुमान छ। यसै गरी, संयुक्त राष्ट्र संघका अनुसार, सन् २०५० मा विश्‍व जनसंख्या ९ अर्ब ७० करोड पुग्‍ने र हरेक ६ जनामा १ जना ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक हुने छ।

नेपालमा ६० वर्षदेखि माथिकालाई ज्येष्ठ नागरिक भनिन्छ साथै संयुक्त राष्ट्र संघले पनि ६० वर्षमाथिकालाई ज्येष्ठ नागरिक मानेको छ। वि.स. २०६८ को जनगणनामा नेपालमा झण्डै २२ लाख ज्येष्ठ नागरिक थिए। सन् २०५० मा नेपालमा यो संख्या ६० लाख पुग्‍ने अनुमान गरिएको छ।

(सर्वप्रथम इकागजमा पुस ११, २०७७ मा प्रकाशित)