हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ, समग्रमा चीनमा वनस्पतिको अभाव छ र पर्यावरणमा कमजोर देश हो। वृक्षारोपण गरेर पर्यावरणको सुधार महत्वपूर्ण कार्यभार हो।
-----सन् 2013
चीनका विभिन्न जातीय जनताले युगौंयुगसम्म वृक्षारोपणलाई निरन्तरता दिनुपर्छ तथा संरक्षण पनि गर्नुपर्छ, यो प्रयाससँगै चीनको वनस्पति स्रोतको विकास तथा संरक्षण गरी सुन्दर चीनको निर्माण गर्नुपर्छ।
-----सन् 2014
मात्रृभूमिमा वृक्षारोपण गरेर पर्यावरणको सुधार गर्नु हरेक नगरिकको कर्तव्य हो। औद्योगिक संरचनाको सुधार गर्नुका साथै हरेक छेउमा वृक्षारोपण, एक एक थोपा पानीको बचत, हरेक अन्नको बचतबाट संसाधन बचत र वातावरणमैत्री समाजको निर्माण गरेर मानव र प्रकृतिको मेलमिलाप विकास गर्नुपर्छ।
----सन् 2015
रूख हुर्काउन दशौं वर्ष चाहिन्छ, मान्छेको विकास गर्न सयौं वर्ष चाहिन्छ। दश, बीस वर्षपछि तिमीहरू यही ठाउँमा फर्केर आफूले रोपेको सानो रूख हेर्नसक्छौ। यो अर्थको कुरा हो।
--- सन् 2016
वृक्षारोपण युगौंयुगका लागि फाइदाजनक काम हो। हरेक वर्ष र युगौंयुगसम्म प्रयास गर्नुपर्छ।
----सन् 2017
जेठा पुस्ताले रूख रोपेर सन्तानलाई छाया बाँड्नसक्छ। हाम्रो पुस्ताले आफ्नो प्रयासद्वारा सन्तानलाई फाइदा पुर्याउनुपर्छ।
--- सन् 2018
धेरै मानिसले खोजेको दाउराबाट ठूलो आगो बल्नेछ, धेरै मानिसले वृक्षारोपण गरेमा वनस्पति बढ्नेछ। पूरै देश, सर्वसाधारण र पूरै समाज, विशेष गरी विभिन्न नेतागणको नेतृत्वमा निःशुल्क वृक्षारोपणमा सहभागी हुनुपर्छ।
---- सन् 2019
"स्वच्छ पानी र हरिया पहाड, स्वर्ण र रजत हुन्" भन्ने विचारको पालना गरेर पर्यावरणको संरक्षण तथा सँभारलाई सबल पार्नुका साथै हरित क्षेत्रको विस्तार गरी सर्वसाधारणका लागि वृक्षारोपण गर्नुपर्छ। जसबाट हरित पहाड, स्वच्छ पानी, सफा स्वच्छ वायु भएको सुन्दर चीनको निर्माण गर्नसकिन्छ।
---सन् 2020