टाढैबाट तारो हान्ने कथा-2
2021-03-17 10:41:01cri
Share with:

टाढैबाट तारो हान्ने कथा-2_fororder_02

कुरा गर्दा गर्दै याङ यौ चीले एक सय पाइला टाढा रहेको बैंसका रुखमा एक पातमाथि रातो रंग दलेर लक्षित गरी धनु तानेर तारो हानेका थिए। वाणको शिरो भाग ठ्याक्कै त्यस पातको बीचैबाट छेडेर गएको थियो।

त्यहाँ रहेका मानिसहरुलाई आश्चर्य लाग्यो। फान् हुले आफै यस्तो क्षमता नभएको बोध भएर याङ यौ चीले हरेक तारोले रुखको पातको बीचैबाट पार हुनसक्ने विश्वास गरेनन। फान् हुले बैंसको रुखनेर गएर तीन वटा पात छानेर तीनमा रंगले नम्बर लेखी नम्बरको क्रमबद्धता अनुसार फेरि तारो हान्न याङ यौ चीलाई भने।

याङ यौ चीले रुखनेर गएर पातमा लेखिएको नम्बर हेरेर त्यसपछि एक सय पाइला टाढा गएर धनु तानेर तीन चोटि तारो हाने। तीनवटा वाण पातको नम्बर अनुसार पार भए। त्यहाँ रहेका मानिसहरुले ठूलो आवाजले कराउँदै उनको प्रसंसा गरे। फान् हुले पनि हृदयदेखि नै याङ यौ चीको दक्षताको स्वागत गरे।

ताली र स्याबासीको आवाजमा याङ यौ चीनको छेउमा उभिएको एक जना मानिसले रुखो स्वरमा भनेको थियोः “अहँ, एक सय पाइला टाढादेखि बैंसको रुखको पातमा तारो हान्नसक्ने क्षमता भएकोमा म त्यसलाई निर्देशन दिनसक्छु।”

याङ यौ ची त्यस मान्छेको घमण्डी कुरा सुनेर रीसाए र उसलाई सोधेः“तिमी मलाई तारो हान्न कसरी सिकाउछौ?”

त्यस मानिसले शान्त स्वरमा जवाफ दियो:“म तिमीलाई तारो हान्न सिकाउन होइन, धनुर्धारीको प्रतिष्ठा कसरी कायम राख्ने भन्ने कुरा तिमीलाई बताउँछु। तिमीले यो कुरा सोचेका छौ कि? तिम्रो बल पूरा प्रयोग गरी वाण अलिकति पर गएर पातमा ठ्याकै तारो हान्न नसकेमा एक सय पल्ट तारो हानेर सबै नै ठ्याक्कै निशानामा पर्नसक्ने तिम्रो प्रतिष्ठामा नराम्रो प्रभाव पर्नेछ । तारो हान्न सिपालु हुने व्यक्तिले आफ्नो प्रतिष्ठा कायमै राख्ने कुरामा ध्यान दिनुपर्छ।“

सु लिले पाइ छिलाई भने: “तिमीले सधैं नै विजय पाउनसक्ने जनरलको नाम कमाएका छौ । वै राज्यलाई पराजित गर्न सजीलो कुरा होइन। यदि तिमीले तुरुन्तै विजय पाउन नसकेमा आफै आफ्नो बदनाम गर्नेछौ।“ पाइ छिले यो कुरा सुनेर यस पल्ट लडाइँ गरेर सय पल्ट विजय पाउनसक्ने आफ्नो प्रतिष्ठा कायम राख्नुपर्ने र वै राज्यमाथि त्यसै हमला गर्नु बेठीक भएको विचार गर्दै रोग लागेको निहुँ झिकेर वै राज्यमाथि गर्ने भनिएको हमला रोकेका थिए।