#आँखीझ्याल#चिनियाँ खोपका कारण थाइल्याण्डमा पुनःफर्क्यो मुस्कान
2021-03-19 10:01:32cri
Share with:

#आँखीझ्याल#चिनियाँ खोपका कारण थाइल्याण्डमा पुनःफर्क्यो मुस्कान_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_bf1dc29b-860a-45ee-bf6a-abaaf91c4b84

थाइल्याण्ड सरकारले खरीद गरेको चिनियाँ साइनोभ्याक्स कोरोना खोप गत फेब्रुअरी २४ तारिख बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको छ। यो थाइल्याण्डले पाएको पहिलो खेपको कोरोना खोप हो। साथै थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा चिनियाँ खोपको स्वागत गर्न विमानस्थल नै जानुभएको थियो। थाइल्याण्ड सरकारले चिनियाँ खोपको स्वागत समारोहलाई “थाइल्याण्डमा मुस्कान पुनःफर्क्यो” नामक न्यानो नाम दिएको छ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुतले चिनियाँ कोरोना खोपको स्वागत समारोहमा सम्बोधन गर्दै उक्त दिनलाई इतिहासमा थप्ने दिन भएको बताउनुभयो। साथै उहाँले थाइल्याण्डले अपेक्षा गरेअनुसार कोरोना खोप आएको तर यस पटक प्रशस्त खोप भित्र्याउन नसके तापनि खोपको गुणस्तर भरपर्दो भएको बताउनुभयो। साथै उहाँले चीन सरकारले खोप समस्यामा थाइल्याण्डलाई मद्दत र समर्थन दिएकोमा कृतज्ञता व्यक्त गर्नुभयो।