राष्ट्राध्यक्ष सी चिन फिङद्वारा फु च्येन प्रान्तको निरीक्षण भ्रमण
2021-03-23 10:46:14CRI
Share with:

चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले मार्च २२ तारिख फु च्येन प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ। सोही दिन दिउँसो राष्ट्राध्यक्ष सीले नान फिङ शहरको ऊ यी पहाड राष्ट्रिय पार्कमा अवस्थित स्मार्ट टेक्नोलोजी व्यवस्थापन केन्द्र, सिङ छन बस्तीको यान च ख पर्यावरणीय चिया बगैंचा, चु सी पार्कको निरीक्षण गर्दै पर्यावरणीय सभ्यता निर्माण, चिया व्यवसायको विकास, परम्परागत संस्कृतिको निरन्तरताबारे जानकारी लिनुभएको छ।