#अल्पसंख्यक जाति# दुई अधिवेशनमा राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूको सुझाव
2021-03-23 16:30:50cri
Share with:

#अल्पसंख्यक जाति# दुई अधिवेशनमा राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूको सुझाव_fororder_22222

चीनका दुई अधिवेशन पूरा भयो। चालु वर्षको सरकारी कार्य प्रतिवेदनमा पश्चिमी भाग, जातीय क्षेत्र, सिमाना क्षेत्रको विकासलाई बढाउने विषय धेरैपटक उल्लेख गरिएको छ। दुई अधिवेशनको अवसरमा अल्पसंख्यक जातीय क्षेत्रबाट आएका राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले सिमाना तथा जातीय क्षेत्रको विकासबारे सक्रिय रूपमा सुझाव दिएका छन्।

मंगोलिया जातीय सदस्य एवम् सिनच्याङ पोर्ताला मंगोलिया स्वायत्त प्रिफेक्चरका प्रमुख पादमालाले सिमाना क्षेत्रको आधारभूत प्रबन्धको निर्माणमाथि महत्व दिनुभएको छ।

“केही वर्षयता आलाशान पहाड नाकाको व्यापार रकम १ अर्ब १६ करोड युआन पुगेको छ। यो रकम चीनमा चौथो स्थानमा पर्दछ र वृद्धि गति चीनको पहिलो स्थान छ। तर आलाशान नाकामा अति भीडभाड भएकाले सामानको ढुवानी लागत क्रमशः बढ्दै गएको छ। सिनच्याङको चिङह जिल्लाबाट आलाशान पहाड नाकासम्म ७० किमीको रेलले सामानको ढुवानी मागलाई पूरा गर्नसक्दैन। त्यसैले रेलको विस्तार गर्नुका साथै सिमापार इ-वाणिज्य व्यावसायिक पायलट क्षेत्रको स्थापना गर्ने सुझाव दिन्छु।”

चौधौँ पत्र्चवर्षीय योजना र सन् २०३५ दीर्घकालीन योजनाले भविष्यमा पर्यावरणीय सभ्यताको निर्माण र पर्यावरणीय वातावरणको सुरक्षाका लागि दिशा देखाएको छ। सीमा जातीय क्षेत्र चीनको महत्त्वपूर्ण प्राकृतिक पर्यावरणीय तथा पर्यावरणीय सभ्यताको निर्माण र सुरक्षाको लागि महत्त्वपूर्ण क्षेत्र हुन्। युननान प्रान्तीय नू च्याङ लिसु जातीय स्वायत्त प्रिफेक्चरका उपप्रमुख एवम् नू जातीय सदस्य तिङ स्यौह्वाले सिमाना जातीय क्षेत्रको पर्यावरणको सुरक्षाको महत्वबारे चर्चा गर्नुभएको छ।

तिङ स्यौह्वले यसरी भन्नुभयो

“नूच्याङ लीसु जातीय स्वायत्त प्रिफेक्चरले काउलिकुङ पहाड राष्ट्रिय प्राकृतिक सुरक्षा क्षेत्रको पाँच भागमा चार भाग ओगटेको छ। वातावरणको सुरक्षामा क्षेत्रीय सरकारका सामु ठूलो दवाव देखापरेको छ। पश्चिमी भागमा जातीय क्षेत्रका लागि पर्यावरणीय क्षतिपूर्तिलाई बढाउने सुझाव दिन्छु।”

अवनख जातीय सदस्य तु मिङयान भित्री मंगोलिया स्वायत्त प्रदेश हुलुनपैर शहरका उपमेयर हुनुहुन्छ। उहाँले भित्री मंगोलियाको पशुपालन विकासमाथि नजर पुर्याउनुहुन्छ। उहाँले कृषि तथा ग्रामीण मन्त्रालयसँग प्राकृतिक घाँसे मैदानको सुरक्षालाई बढाउने सुझाव दिनुभएको छ।

“भित्री मंगोलिया चीनको मासु बैंक मात्र नभई दुधको राजधानी पनि हो। चिनियाँहरूले खाने हरेक पाँच कप दुधमा एक कप भित्री मंगोलियाबाट उत्पादित हो। चीनमा प्राकृतिक घाँस उत्पादन गर्ने घाँसे मैदानमा लगभग एक तिहाई भित्री मंगोलियाको रहेको छ। घाँसको सुरक्षा हिउँद ऋतुमा पशुपालनका लागि बाँच्ने आधार हो। घाँसको भण्डारण पशुपालकको आधार हो। चीनले निरन्तर लगानी गरेर प्राकृतिक घाँसको उत्पादन गर्ने घाँसे मैदानको उत्पादन क्षमता बढाएर पशुपालकको आम्दानी बढाउने र मासुको सुरक्षा गर्नसक्छ।”