चीनस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सिद्धार्थ चटर्जीले महामारी तथा गरिबी निवारणमा चीनले ठूलो सफलता प्राप्त गरेको कुरा व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार विश्व महामारीमा चीन सरकार र चिनियाँ जनताले सामूहिक प्रयासमा ठूलो सफलता प्राप्त भएको छ।
उहाँले गत ७ वर्षको अवधिमा चीनका राष्ट्रध्यक्ष सी चिनफिङको नेतृत्वमा १० करोड गरिब चिनियाँको जीवनमा परिवर्तन आएको बताउनुभयो। गत ४० वर्षको अवधिमा ८० करोड नागरिक गरिबीमुक्त भएको भन्दै उहाँले चिनियाँ सफलताको प्रशंसा गर्नुभयो।