चिनियाँ जनताको सुखी भावना
2021-03-25 16:25:39cri
Share with:

चिनियाँ जनताको सुखी भावना_fororder_src=http___www.cpanet.org.cn_uploads_201804_12_1523500329476375&refer=http___www.cpanet.org

अन्तर्राष्ट्रिय प्रसिद्ध सार्वजनिक सर्वेक्षण संस्थान इपसोस समूहले सार्वजनिक गरेको विश्वको सुखी भावनाको सर्वेक्षण प्रतिवेदन २०२० अनुसार, यस पटकको सर्वेक्षणमा सहभागी भएका मुलुकहरूमा चीन सर्वोच्च सुखी सूचकांकमा परेको मुलुक हो। चीनमा ज्यादै सुखी भावना र निकै सुखी भावना समेट्ने चिनियाँहरूको अनुपात ९३ प्रतिशत पुगेको छ। चिनियाँको सुखको सूचकांक किन यति उच्च छ? मार्च २० तारिख दशौं विश्व सुख दिवसको उपलक्ष्यमा यो कारण खोजौं।

चिनियाँको जीवन अझै समृद्ध छ। त्यो सुख प्रयासहरूबाट आएको हो। वास्तविक प्रयासले सपना साकार तुल्याउनसक्छ। सन् २०२०मा चीनको ग्रामीण क्षेत्रका करीब १० करोड किसान गरिबीबाट मुक्त भए। चीनको ह नान प्रान्तका किसानले सुखी भावनाबारे यसरी चर्चा गर्छन्, ‘नयाँ युगको व्यवस्था राम्रो छ। किसानले राम्रो व्यवस्था बिर्सनसक्दैनन्। गरिब किसान गरिबीबाट मुक्त भए,  कुनै पनि वंशमा यो देखिन्दैनथे।’ किसानले अन्नबाली रोपेर बढी प्रत्यक्ष आपूर्ति प्राप्त गर्नसक्छन्। देशले नयाँ ढाँचाको सहयोग चिकित्सा प्रणाली लागू गरेको छ। गरिब वासिन्दाका लागि  न्यूनतम जीवन प्रत्याभूतिको भत्ता छ। बालबालिकाको पढाई निःशूल्क छ। हरेक गाउँमा पक्की सडक संचालनमा आएको छ। किसानहरू भन्छन्, ‘नयाँ युग धनी बनाउने बाटो हो। न्यानो लुगाकपडा लगाउनसक्ने र यथेष्ठ खाना खानसक्ने अवस्थाबाट परिवर्तन भएर किसान धनी बनेका छन्। गरिबी मुक्तिबाट विजय प्राप्त गरेका चिनियाँ किसानहरू ग्रामीण पुनरुत्थानको बाटोमा हिँड्दैछन्।

चिनियाँहरूको बसोबासको वातावरणमा सुधार आएको छ। सन् २०१५ को अक्टोबरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रिय समितिको पाँचौं महाधिवेशनमा पर्यावरणीय सभ्यताको निर्माणलाई प्राथमिकता दिइयो र राम्रो पर्यावरणीयलाई जनताको आधारभूत हित-कल्याण मानेर ‘सुन्दर चीन’ भन्ने विषयलाई तेह्रौं पञ्च वर्षिय योजना (२०१५-२०१९) मा समावेश गरियो। यसको अर्थ आर्थिक, राजनैतिक, सांस्कृतिक तथा सामाजिक निर्माण लगायत सबै प्रक्रियामा वातावरणलाई प्राथमिकता दिनुपर्छ। जलवायु, पानी र माटोको प्रदूषणलाई हटाउने लगायतका क्षेत्रहरूमा टड्कारो उपलब्धि पनि हासिल गरिएको छः सन् २०१५को दाँजोमा सन् २०१९मा चीनभरि सतही पानी 9.9% ले वृद्धि भयो र मापदण्डसँग मेल नखाएका शहरहरूमा हावाको पीएम २.५को घनत्व दर प्रतिवर्ष २३.१ प्रतिशतले घट्दै आइरहेको छ। पानी अझ स्वच्छ, आकाश अझ निलो र वातावरण अझ सुन्दर भयो। हरेक चिनियाँ सर्वसाधारणले प्रतिदिन यस्तो सुधारमा सुखको अनुभव गर्ने गर्छ।

जीवनस्तर र सामाजिक प्रत्याभूति बढेर बसोबासको वातावरण पर्यावरण मैत्री बनेर महामारीलाई जित्ने विश्वास बढेको छ...ती सबै क्षेत्रमा भएको प्रगति तथा सुधारबाट चिनियाँहरूको जीवनलाई अझ सुखी पारिरहेको छ र चिनियाँहरूमा आत्मविश्वास बढाइएको छ। यस्तो विश्वास लिएर भविष्यप्रति चिनियाँहरू अझ आशावादी छन्। चीनका सर्वोच्च नेता सी चिनफिङले यसरी पुष्टि गर्नुभएको छ, ‘चिनियाँ कम्युनिष्ट पार्टीको काम सर्वसाधारणको सेवा गर्नु हो र सर्वसाधारणको सुख नै पार्टीको महा-कार्य हो।’ सतवार्षिक इतिहास बोकेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चौधौं पञ्च वर्षिय योजना तथा दूरगामी योजना २०१५को निर्देशनमा सुखमय जीवन हातमा राखिरहेका चिनियाँहरूले आत्मविश्वास तथा आशा लिएर अझ सुखी भविष्योन्मुख भएर दौडिरहेका छन्।