#चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी# फरेन्सिक वाङ यु छुङ
2021-03-30 15:29:57cri
Share with:

#चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी# फरेन्सिक वाङ यु छुङ_fororder_1

फरेन्सिक अर्थात् विधिविज्ञान चर्चा गर्दा धेरै मान्छेले चल-चित्र र टिभी शृङ्खलामा शव जाँच्ने, चिरफार गर्ने र परीक्षण दिने दृश्यबारे सोच-विचार गर्छन्। तर वास्तविक जीवनमा फरेन्सिकको काम यस्तै हो की? आजको इन्द्रेणी कार्यक्रममा मैले एक जना युवा फरेन्सिक वाङ यु छुङबारे जानकारी दिएर उहाँका काम र जीवन हेर्न लैजान्छु।

२६ वर्षीय पैचिङबासी वाङ यु छुङ चिनियाँ कम्युनिष्ट पार्टीका एक जना सदस्य हुनुहुन्छ। १७ वर्षको उमेरमा उहाँका साथीले चीनको प्राचीन कालमा फरेन्सिक विद्या सम्बन्धी एउटा ग्रन्थ “न्याय दिने कथाहरु” दिएका थिए। यस किताबबाट उहाँले भविश्यमा एक जना फरेन्सिक विज्ञ बन्ने सपना पाल्नु भयो।

सन् २०१२ मा वाङ यु छुङले स छ्वान विश्वविद्यालयको ह्वा सी आधारभूत चिकित्सा विद्या र फरेन्सिक विद्या विषय पढ्नुभएको थियो। पाँच वर्षपछि उहाँ चिनियाँ राजनीतिक विज्ञान र कानुन विश्वविद्यालयबाट स्नातक भएर एक जना फरेन्सिक बन्नुभएको थियो। वाङ यु छुङ भन्नुहुन्छ,

फरेन्सिकबारे चर्चा गर्दा धेरै मान्छेले चल-चित्र र टिभी श्रृंखलामा आपराधिक स्थलमा शव जाँच्ने, चिरफार गर्ने र परीक्षण दिने दृश्यबारे सोच-विचार गर्छन्। वास्तवमा फरेन्सिक भनेको“कानुन विद्या”र “चिकित्सा विद्या”जोड्ने पूल हो, जुन एउटा मिलीजुली विषय हो। हामीले गर्ने काम चल-चित्र र टिभी श्रृंखलामा देखाइएको कामभन्दा धेरै छन्।

वाङ यु छुङले मुद्दामा शरीर घाइते भएको, अक्षम भएको र श्रम क्षमता हराएको समेत समस्याहरुको अनुसन्धान गरी फरेन्सिक पहिचान पत्र देखाउनुहुन्छ। तथापि अरु फरेन्सिक जस्तै उहाँले पनि आफ्नो जिम्मेवारी वहन गरी निष्पक्ष र न्यायको पवित्र दायित्व गर्नुहुन्छ।

फरेन्सिक काम गर्दा नमूनालाई चिरफार गर्ने क्रममा महत्वपूर्ण प्रमाणलाई विगार्न सकिन्छ। यो कठिन समस्याको समाधानका लागि वाङ यु छुङ र उहाँका सहकर्मीहरुले “छविमा नक्कली चिरफार गर्ने” प्रविधिको अनुसन्धान गरिरहेका छन्। वाङ यु छुङ जानकारी दिँदै भन्नुहुन्छ,

फरेन्सिकले बैज्ञानिक तरिकामार्फत सत्य कुरा खोज्नलाई विशेष महत्व दिन्छन्। मैले सीटीस्क्यान र एमआरआई प्रविधिमार्फत मानवको अंगको त्रिआयामिक मोडेलको अध्ययन गरिरहेको छु, जसबाट केरकार र फैसलाका लागि प्रत्यक्ष बैज्ञानिक प्रमाण प्रदान गर्नसकिने छ।

फुर्सदमा यस उमेरका अरु युवाहरु जस्तै वाङ यु छुङलाई खेल र पर्यटन मन पर्छ। फुर्सदमा उहाँ सधैं केही साथीहरुसँग भेट्नुहुन्छ।

जीवनमा मेरा धेरै सोखहरु छन्। कहिलेकाहीं म घरमा एक्लै बसेर मोडेल बनाउँछु, कहिलेकाहीं साथीहरुसँगै बाहिर खेल्छु, हामीसँग घुम्छौं अथवा फोटो खिच्छौं। काममा अथवा जीवनमा म तर्कसंगत र उत्साहजनक हुन्छु।

वर्तमान युगका युवा-युवतीहरु उत्साहजनक र प्रेरक शक्ति भरिएको हुन्छ। वाङ यु छुङ पनि यस्तै हुनुहुन्छ। फरेन्सिक पेशा छनौट गरेकोमा वाङ यु छुङलाई खुसी लागेको छ। किनभने मुद्दाको सत्यता खोज्ने क्रममा न्याय र निष्पक्षता देखाइएको छ र समाजका लागि राम्रो काम गरिएको उहाँको सोचाइ छ।