सिन्च्याङ चीनको कपास उत्पादनको मुख्य क्षेत्र हो। सन् २०२० मा सिन्च्याङ कपासको उत्पादन मात्राले सारा देशको कुल कपास उत्पादन मात्राको ८७.३ प्रतिशत स्थान ओगटेको छ।
केही पश्चिमा संस्था र मिडियाले “सिन्च्याङमा जबर्जस्ती श्रममा लगाइएको” भन्दै निहुँ खोजेर चीनको बदनाम गरिरहेका छन्। उनीहरूले नक्कली रिपोर्ट र भिडियोमार्फत चीनमाथि हिलो छ्यापेका छन्।
केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले पत्रकार सम्मेलनमा एउटा भिडियो प्रसारण गर्दै अमेरिकाले सिन्च्याङको नाउँमा चीनलाई बदनाम गर्न र चीनलाई हिलो छ्याप्न खोजेको षड्यन्त्रको भण्डाफोर गर्नुभएको छ।