१२९ औं चीन आयात निर्यात एक्स्पो आयोजना हुने
2021-04-01 09:42:25cri
Share with:

 १२९ औं चीन आयात निर्यात एक्स्पो आयोजना हुने_fororder_src=http___bpic.588ku.com_templet_water_img_20_04_10_820be28863184bd1cce3719dedb0f33d!_fw_750_unsharp_true_compress_true&refer=http___bpic.588ku

 १२९ औं चीन आयात निर्यात एक्स्पो यसै अप्रिल १५ देखि २४ तारिखसम्म अनलाइन आयोजना हुने भएको छ। चीन आयात निर्यात एक्स्पो अनलाइन तरिकाबाट आयोजना हुन लागेको तेस्रो पटक हो। हाल यस मेला सम्बन्धित् तयारी काम सुचारु रुपमा भइरहेको छ।

  चीन आयात निर्यात एक्स्पोको संयोजन विभाग रहेको चीनको वैदेशिक व्यापार केन्द्रले हाल यस एक्स्पो सम्बन्धी विज्ञापन,व्यापारी भित्र्याउने,प्रचारप्रसार,सेवा,इन्टर्नेट सुरक्षा आदि कामलाई प्रवर्द्धन गरिरहेको छ। चीन आयात निर्यात एक्स्पोका प्रेस प्रवक्ता एवम चीनको वैदेशिक व्यापार केन्द्रका उपप्रमुख शु पिनले हाल पत्रकारलाई अन्तर्वार्ता दिँदै १२९ औं चीन आयात निर्यात एक्स्पोसँग महत्वपूर्ण अर्थ रहेको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सव मात्र नभई समाजवादी आधुनिक मुलुकको चौतर्फी निर्माण गर्ने नयाँ शुरुवातको पहिलो वर्ष हो। यस विशेष महत्वपूर्ण अवधिमा इन्टर्नेटमा १२९ औं चीन आयात निर्यात एक्स्पोको राम्रोसँग संयोजन गर्नुसँग महत्वपूर्ण भावार्थ छ। जसले चीनको महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक सामाजिक विकास सम्बन्धी उपलब्धिलाई अझ मजबुत बनाउने छ। साथै अन्तर्राष्ट्रिय महामारी रोकथाम तथा नियन्त्रण सहयोगलाई सेवा दिनुका साथै वैदेशिक व्यापार र औद्योगिक श्रृँखलाको आपूर्ति श्रृँखलालाई स्थिर बनाउनका लागि पनि हितकर हुने छ।

१२९ औं चीन आयात निर्यात एक्स्पो आयोजना हुने_fororder_src=http___www.skiwaygroup.com_editor_attached_image_20190311_20190311112716761676&refer=http___www.skiwaygroup

  दुई पटकको अनलाइन संयोजनबाट चीन आयात निर्यात एक्स्पोले केही अनुभव बटुलेको छ। यस तेस्रो अनलाइन एक्स्पोले निरन्तर रुपमा अनलाइन प्लेटफर्मलाई सुधार गर्दैजाने छ। हाल चीन आयात निर्यात एक्स्पोमा भाग लिएका २५ हजार व्यवसायीले यस अनलाइन प्लेटफर्ममा आ-आफ्ना प्रदर्शन सामग्रीको परिचय राखिरहेका छन्।

नयाँ कोरोनाभाइरस विश्वव्यापी रुपमा निरन्तर फैलिँदै गए तापनि चीन आयात निर्यात एक्स्पोले कठिनाई पार गरी विदेशी खरिददारलाई निमन्त्रण गरेको छ। यसप्रति शु पिनले जानकारी दिनुभएअनुसार यस पटकको आयात निर्यात एक्स्पोले नयाँ मिडिया माध्यमको मिलिजुली प्रयोग गर्दै विक्री खरिद च्यानलको प्रवर्द्धन गरेको छ। विश्वमा चौतर्फी र बहुस्तरीय लगानी र विज्ञापन प्रचारप्रसार कार्यक्रमको आयोजना गरिएको छ।

१२९ औं चीन आयात निर्यात एक्स्पो आयोजना हुने_fororder_src=http___www.zgmyw.org.cn_uploads_picture_63539_20190211194421_50056&refer=http___www.zgmyw.org

 जनाएअनुसार १२९ औं चीन आयात एक्स्पोले निरन्तर रुपमा अनलाइन पत्रकार सम्मेलनको आयोजना गर्दै जाने छ। साथै गरिबी निवारण उपलब्धिलाई सुद्दढ पार्दै इन्टर्नेटमा “ग्रामिण क्षेत्रको पुनरुत्थान” भन्ने विशेष कार्यक्रम राखेको छ। जसले गरिबीबाट मुक्त भएको क्षेत्र र व्यवसायका लागि अन्तर्राष्ट्रिय बजारको विकास गर्नसक्छ।