#आँखीझ्याल# ग्रामीण सम्पदा होटेलद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान
2021-04-01 15:44:30cri
Share with:

#आँखीझ्याल# ग्रामीण सम्पदा होटेलद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान_fororder___172.100.100.3_temp_9500041_1_9500041_1_1_5e6dc2f5-1c37-4f51-b486-129608bf9115

हालैका वर्षहरूमा धेरै ग्रामीण जनता शहरतर्फ गएका छन्। परम्परागत गाउँहरू क्रमशः हराउँदै गएका छन्। ग्रामीण क्षेत्रको परम्परा र संस्कृति पनि बिस्तारै हराउँदै गएको छ । चिनियाँ राष्ट्रिय सांस्कृतिक अवशेषको निर्देशनमा चिनियाँ पुरातात्विक वस्तु र अवशेषको संरक्षण समितिद्वारा आयोजना गरिएको ग्रामीण सम्पदा होटेलको नमूना छनौट परियोजना सन् २०१८ देखि दुई पटक आयोजना गरिएको छ। जम्मा दश वटा ग्रामीण होमस्टेहरू ग्रामीण सम्पदा होटेलको नमूना परियोजनामा छनौट गरिएका छन्। ग्रामीण सम्पदा होटेलको नमूना परियोजना छनौटको उद्देश्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रयोगमार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र र सम्पदाको दिगो विकासलाई बढाउनु हो।

चिनियाँ पुरातात्विक वस्तु र अवशेष संरक्षण समितिको सचिवालयका प्रमुख रन हाई मिङकाअनुसार, ग्रामीण सम्पदा होटेलको नमूना परियोजनालाई अगाडि बढाउनुको उद्देश्य ग्रामीण क्षेत्रको संस्कृतिमार्फत पर्यटकलाई भित्र्याउनु, ग्रामीण पर्यटनको विकास गर्नु, ग्रामीण पुनरुत्थानको ढाँचाको अन्वेषण गर्नु हो। उहाँको विचारमा पुरानो भवनलाई आरामदायक र आधुनिक जीवनसित सुहाउने होमस्टे होटेल सजावट गर्न प्रोत्साहन गर्नुपर्छ। जस्तै भनौं पानी आपूर्ति र निकास र फोहोरमैला व्यवस्थापनलगायतको आधारभूत जीवन पूर्वाधार आधुनिक मापदण्डबमोजिम निर्माण गरिएका हुन्। यसका साथै भवनको बाहिरी बनौट र वरिपरिको वातावरणमा गाउँको विशेषता हुनुपर्छ। शहरीय वासिन्दाले त्यहाँ गाउँको भावनाको अनुभव गर्नसक्छन्।