चीनको इतिहासमा जापानी अतिक्रमण युद्धमा धेरै शहीदहरू थिए र तीमध्ये ५ जनाको कथा सिनेमाको रूपमा परिणत गरिएको साथै प्राथमिक स्कूलको पाठ्यक्रममा पनि राखिएको छ। साथै महासचिव सी चिनफिङले पनि धेरै पटक गरी उनीहरूको चर्चा गर्नुभएको छ।
सन् १९४१मा जापानी अतिक्रमण युद्धमा जापानी सेनाले चिनियाँ अखडामा आक्रमण गर्यो। यसै क्रममा मूल सेना र स्थानीयहरूलाई सुरक्षित ठाउँमा सार्नका लागि सघाउन एक टोली चिनियाँ सेनालाई ल्याङ या पहाडको मुख्य शिखरमा लगियो। लगभग १०० जना शत्रुलाई मारेपछि हतियार नभएका बाँकी ५ जना सिपाहींहरू भीरबाट तल हाम फाले। ती ५ जना शहीदको कथाबाट तत्कालीन चिनियाँहरूलाई मात्र नभई पछिका पुस्तौं पुस्ता चिनियाँहरूलाई पनि प्रोत्साहित गरिरहेको छ।
सन् २०१५को सेप्टेम्बर २ तारिख ‘जापानी अतिक्रमण विरोधी चिनियाँ युद्ध विजय भएको ७०औं वार्षिकोत्सव’ स्मृति समारोहमा महासचिव सी चिनफिङले ती ५ जना शहीदको कथा र उनीहरूले प्रतिनिधित्व गरेको शहीद समूहबारे फेरि चर्चा गर्नुभयो, ‘आशा भएको जातिसँग शहीद हुन्छन् र भविष्य भएको मुलुकमा अग्रसर समूह हुन्छ। युद्धमा रहेका शहीदहरू लगायत चिनियाँ राष्ट्रका सबै शहीद चिनियाँ राष्ट्रलाई टेवा दिने शक्ति हुन् र उनीहरूको भावनाबाट हामी अघि बढ्ने बाटोमा हामीलाई सँधै प्रोत्साहन दिइरहेको छ र दिइँदै जाने छ।’