थाइवान रेल दुर्घटनामा मारिएका देशबन्धुप्रति सीको शोक सन्देश
2021-04-03 17:08:48cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले अप्रिल २ तारिख थाइवानमा भएको रेल दुर्घटनामा ठूलो हताहती भएकोमा गहिरो ध्यान पुर्याउँदै दुर्घटनामा मारिएका देशबन्धुहरूप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभएको छ। साथै सीले दुर्घटनामा मारिएकाहरूको परिवार र घाइते भएकाहरूप्रति हृदयदेखि नै सान्त्वना व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।