#अल्पसंख्यक जाति# चिनियाँ युगुर स्वायत्त प्रदेशको छोटकरी जानकारी
2021-04-06 15:44:58cri
Share with:

#अल्पसंख्यक जाति# चिनियाँ युगुर स्वायत्त प्रदेशको छोटकरी जानकारी_fororder_1

आदरणीय श्रोता, अल्पसंख्यक जाति कार्यक्रमकी सञ्चालिका ललिताको नमस्कार। अल्पसंख्यक जाति कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ। हाल अमेरिका र पश्चिमाले चिनियाँ सिन्च्याङ कपासमाथि हिलो छ्याप्ने मामिला विश्वमा ध्यानाकर्षित मामिला बनेको छ। आजको कार्यक्रममा म उत्तर-पश्चिमी भागमा गएर सिन्च्याङ युगुर जातीय स्वायत्त प्रदेशमा बस्ने वास्तविक युगुर जातिको जीवनबारे चर्चा गर्न चाहन्छु।

सिन्च्याङ युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ “सिन् च्याङ” हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्वीपको केन्द्रमा अवस्थित छ। त्यसको क्षेत्रफल 16 लाख 60 हजार वर्गकिलोमिटर छ। सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेश चीनमा क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रान्तस्तरीय स्वशासित  क्षेत्र हो। त्यहाँ हान, युगुर, कजाक, ह्वी, मंगोललगायत 46 जाति बस्छन्। सन् 2018 सम्म त्यहाँको जनसंख्या लगभग 2 करोड 48 लाख 67 हजार 6 सय पुगेको छ।