चिनियाँ आन्तरिक पर्यटन क्षेत्र सक्रिय हुँदै
2021-04-07 19:42:03cri
Share with:

पुर्खा दिवसको तीन दिने बिदामा चिनियाँहरुले गरेको भ्रमणले चीनको आन्तरिक पर्यटन क्षेत्र जुर्मुराएको र चीनले कोरोनालाई प्रभावकारी रुपमा नियन्त्रण गरेको कुरा वालस्ट्रिट जर्नलले लेखेको छ। चीनको अर्थतन्त्र विशेष गरी उत्पादन क्षेत्र र निर्यात क्षेत्र निकै अगाडि नै पूर्ण रुपमा सुचारु रहेको छ। अहिले आएर उपभोक्ताहरुले यथेष्ट पैसा खर्च गर्न थालेको र आन्तरिक पर्यटनले अर्थतन्त्रलाई टेवा दिएको छ।