चीनको अर्थतन्त्र सुरक्षित रहेको अन्तर्राष्ट्रिय मुद्राकोषको ठम्याइ
2021-04-07 19:42:31cri
Share with:

कोरोना महामारी नियन्त्रणमा चिनियाँ कदम प्रभावकारी भएको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रशंसा गरेको छ। चीनले कोरोना महामारीलाई नियन्त्रण गर्दै सन् २०२० भित्रै आफ्नो अर्थतन्त्रलाई व्यवस्थित गर्न सफल भएको कोषले औँल्याएको सीएनबीसीले लेखेको छ। अन्य मूलुकको अर्थतन्त्र माइनसमा गएको बेला पनि चीनको अर्थतन्त्र २ दसमलव ३ प्रतिशतले वृद्धि भएको र चालु वर्ष चीनको अर्थतन्त्र ८ दसमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान पनि कोषले प्रक्षेपण गरेको छ। यसको अर्थ कोभिडले विश्वलाई आतताही बनाइरहेको बेला चीनको अर्थतन्त्र चाहिँ सुरक्षित रहेको छ।