चीनका राष्ट्राध्यक्षद्वारा जर्मनीकी चान्सलर आन्जेला मर्केलसँग टेलिफोन वार्ता
2021-04-07 20:03:53cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल ७ तारिख जर्मनीकी चान्सलर आन्जेला मर्केलसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले गत वर्ष धेरै पटक आदान-प्रदान गरी चीन-जर्मनी र चीन-युरोप सम्बन्धको विकासका लागि महत्वपूर्ण निर्देशिका भूमिका खेलेको छ भन्दै चीन-जर्मनी तथा चीन-युरोप सहयोगको स्वस्थ तथा स्थायी विकासलाई अघि बढाउन र परिवर्तित विश्वमा अरु बढी निश्चितता र स्थिरता बढाउनका लागि जर्मनी र युरोपले चीनसँगै मिलेर सक्रिय प्रयास गर्ने आशा राख्नुभयो।

राष्ट्राध्यक्ष सीले चीन वितेका पाँच वर्षदेखि निरन्तर रुपमा जर्मनीको सबैभन्दा व्यापारिक साझेदार बनेको कुराबाट चीन-जर्मनी सहयोगको निहित शक्ति अभिव्यक्त भएको भन्दै आपसी सम्मान, आपसी हित र साझा जीतको आधारमा विभिन्न क्षेत्रमा चीन र जर्मनी बीचको सहयोगलाई अघि बढाउनसक्ने आशा राख्नुभयो।

प्रत्युत्तरमा जर्मनीकी चान्सलर मर्केलले युरोप र चीन बीचको वार्ता र सहयोग दुवै पक्षका लागि मात्र नभई विश्वका लागि पनि हितकर भएकोले जर्मनीले यसका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो।