प्राचीन ग्रन्थहरुका “चिकित्सक” लिउ लिउ
2021-04-07 19:49:12cri
Share with:

झ्याल बाहिरको रमाइलो दृश्यको तुलनामा यहाँ अर्कै संसार जस्तै छ। २६ वर्षीय लिउ लिउले प्राचीन ग्रन्थको पुरानो एवं पहेँलो पेज सावधानपुर्वक डेस्कमा ओछ्याइरहेकी छन्, सो कागजमा तिल जस्तै प्वालहरु रहेका छन्। लिउ लिउ र उनका सहकर्मीहरुले शान्त भएर हजारौं वर्ष अघिका पुरातात्विक वस्तुमाथि “शल्य क्रिया”गर्नुपर्छ। लिउ लिउ भन्छिन्,

ब्राश, चिम्टा, बिँड भएको सियो, बाँसको चक्कु लगायत चीज मैले काम गर्ने उपकरण हुन्। यस पेशामा सबैभन्दा बढी चाहिने कुरा सावधान,धैर्य र लगनशीलता हो। एउटा प्राचीन ग्रन्थको मर्मत गर्न केही साता अथाव केही महिना लाग्छ।

लिउ लिउले मर्मत गरिरहेको किताब छिङ वंशमा राजपरिवारले श्रद्धान्जली व्यक्त गर्ने एउटा प्राचीन ग्रन्थ हो। सो किताब गम्भिर रुपमा बिग्रिएको छैन, तथापि गम्भिर रुपमा अम्लीकरण भएको छ। त्यसैले किताबलाई अम्लीकरणमुक्त बनाउनुपर्छ।

चीनको प्राचीन ग्रन्थको मर्मतमा “पुरानो चीजलाई पुरानो जस्तै बनाउने”तरिकाको उपयोग गरिन्छ। त्यसको उद्देश्य किताबलाई धेरै राम्रोसँग मर्मत गरिनु होइन, बरु मर्मतपछि छोडेको ट्रेस देख्न सकिन्छ। सबैभन्दा न्युनतम रुपमा पहिलेको रुप परिवर्तन गरिनुपर्छ। “बिग्रिएका अक्षरलाई मर्मत गरिँदैन भने बिग्रिएको कागजको मात्र मर्मत गरिन्छ” भन्ने सिद्धान्तको पालना गरिनुपर्छ।

हरेक प्राचीन ग्रन्थ विगारिएको स्थिति र कागज फरक रहेकोले तिनीहरुको मर्मत गर्ने तरिका पनि फरक हुन्छ।  प्राचीन ग्रन्थहरुका चिकित्सकले किताबको मर्मत गर्ने बाहेक, किताबको विशेषता बमोजिम मर्मत गर्न सुहाउँदो योजना तर्जुमा गर्नुपर्छ। त्यसैले उनीहरुले विविध विषय जान्नुपर्छ। लिउ लिउले विश्व विद्यालयको स्नातक डिग्रीमा चित्र कोर्ने विषय पढेकी थिइन् भने स्नातकोत्तरमा पुरातात्विक वस्तु र संग्रहालय सम्बन्धी विषय पढेकी थिइन्। उनीसँग पुरातात्विक किताबको संरक्षण र कला दुई वटा पेशागत पृष्ठभूमि छिन्। यसबारे जानकारी दिँदै लिउ लिउ भन्छिन्,

सानो बेलादेखि मैले चित्र कोर्न मन पराएकी थिएँ। मैले सधैं चित्र प्रदर्शनीको अवलोकन गरेकी थिएँ र प्राचीन कालका केही चित्रकारका रचनाहरुको अनुसरण गरेकी थिएँ। पछि मैले धेरै प्राचीन रचनाहरु बिग्रिएको देखेपछि यिनीहरुको मर्मत गर्न खोजेकी थिएँ। जसबाट आधुनिक कालमा रहेका मानिसहरुले प्राचीन कालका बुद्धिमान विचार पाउन सक्छन्।

रोग लागेका प्राचीन ग्रन्थहरुको प्रभावकारी उपचार गर्नका लागि लिउ लिउले निशंकोच अनुभवी चिकित्सकसँग सिकेर आफ्नो उपचार स्तर उकास्दै आएकी छिन्। अरु बढी मूल्यवान सांस्कृतिक सम्पदा उनको हातमा फेरि नयाँ छवि देखिन्छ। लिउ लिउ भन्छिन्,

चीनले ऐतिहासिक संस्कृतिको संरक्षणलाई जोडतोडसँग महत्व दिएको परिप्रेक्षमा हाल अरु बढी युवा-युवतीहरुले पुरातात्विक वस्तुहरुको संरक्षणलाई ध्यान दिएका छन्। विगतका त्यति धेरै वर्षको कुरा देख्नसकिन्छ भने भविश्यमा जति धेरै वर्षको कुरा देख्न सक्ने चीनका राष्ट्राध्यक्ष सी चिन फिङको भनाइ छ। हाम्रो प्रयासमा चीनका यी मूल्यान चीजहरुको स्थायी निरन्तरता हुने मेरो विश्वास छ।