चीनको निश्चित गरिबी निवारणद्बारा मानव जातिको गरिबी निवारणका लागि नयाँ मार्ग प्रशस्त
2021-04-07 20:14:13cri
Share with:

चीनको निश्चित गरिबी निवारणद्बारा मानव जातिको गरिबी निवारणका लागि नयाँ मार्ग प्रशस्त_fororder_TIM图片20210407200707

केही वर्षअघि मै गाडीमार्फत च्याङ सी प्रान्तबाट हुपै प्रान्तसम्म पुगेको थिएँ। सो यात्राले मलाई के कस्तो छाप पारेको छ भने चीनको फराकिलो भूमिमा प्राय:जसो विपन्न अवस्थाबाट मुक्त भइसकेका छन्। ब्राजिलको सान पाउलो विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक लुइज बोलिनोले गाडीमार्फत चीनमा यात्रा गर्नुभएको थियो। उहाँले आफ्नो यात्रामा देखेसुनेका कुराहरू वास्तवमा मानव जातिको इतिहासमा सबभन्दा ठूलो परिधि रहेको, सबभन्दा लामो समय चलेको र सबभन्दा बढी जनसंख्या लाभान्वित भएको गरिबी निवारण संघर्ष नै हुन्।

चीनको निश्चित गरिबी निवारणद्बारा मानव जातिको गरिबी निवारणका लागि नयाँ मार्ग प्रशस्त_fororder_TIM图片20210407200657

हालै चीन सरकारले गरिबी निवारणमा चिनियाँ अभ्यास श्वेत पत्र जारी गर्दै उक्त गरिबी निवारण संघर्षको नतिजालाई सार्वजनिक गरेको छ। गति होस् वा परिधि चीनको गरिबी निवारण प्रक्रियामा प्राप्त उपलब्धिलाई अवश्य नै “लोक क्षेत्रको चमत्कार” मानिएको छ।

मानव जातिको विकास इतिहासबाट हेर्दा चीनको गरिबी अवस्था एकदमै जटिल र अप्ठ्यारो छ। यस सन्दर्भमा चीनको गरिबी निवारण प्रक्रियामा प्राप्त उपलब्धि र मूल्यवान अनुभव चीन आफ्नो मात्र नभई विश्वका लागि पनि धनसम्पत्ति हो।