चीनले अमेरिकालाई सम्मान नगर्ने होइन तर अमेरिकाले चीनलाई सम्मान गर्दैन#चीनअमेरिकासम्बन्ध
2021-04-12 21:02:48cri
Share with:

अमेरिकी नामी लेखक थोमास फ्रिदमानले हालै न्यूयोर्क टाइम्समा चीनले अमेरिकालाई सम्मान नगर्नु—उचित शीर्षकको लेख प्रकाशित गर्नुभएको छ जुन लेखले अनेक तथ्यमार्फत चीनले समस्यामा ध्यान दिनुका साथै समाधान पनि गरेको तर अमेरिकी समाजले विभाजन र विवादमा परेर कुनै पनि कार्य नगरेको भन्ने कुरा उल्लेख छ। उक्त लेख निकै चर्चित बनेको छ।

 

हजारौँ जनाले कमेन्ट गर्दा किन चीन लगायत मुलुकहरूले अमेरिकालाई सम्मान गर्नुपर्छ त भन्ने कुरा लेखेका छन्। यो त निकै राम्रो प्रश्न हो। अमेरिकालाई लाग्छ कि अरूले उस्लाई माया गर्नु त सामान्य हो तर समान रूपमा हेर्नु पनि असामान्य हो।

 

अमेरिकी हाभर्ड विश्वविद्यालयको केनिडि कलेजका प्राध्यापक स्टिफन वोल्टले कूटनीति पत्रिकामा लेख प्रकाशित गरी अमेरिकालाई थाहा हुनुपर्छ कि अमेरिका र उस्का गठबन्धनले अन्तर्राष्ट्रिय नियम बनाएर अरूमाथि लगाएको अवधि सकिएको छ र चीनको विकासबाट अरू मुलुकलाई अरू बढी छनौट प्रदान गरिएको बताउनुभयो।