चिनियाँ खेलाडीहरुद्वारा विश्वका खेलाडीहरुलाई पैचिङ हिउँदे प्यारा ओलम्पिक खेलकुदमा भाग लिन आमन्त्रण
2021-04-12 18:42:36cr
Share with:

चिनियाँ खेलाडीहरुद्वारा विश्वका खेलाडीहरुलाई पैचिङ हिउँदे प्यारा ओलम्पिक खेलकुदमा भाग लिन आमन्त्रण_fororder_1

मार्च ४ तारिखबाट पैचिङ २०२२ हिउँदे प्यारा ओलम्पिक खेलकुदको आयोजनाका लागि एक वर्ष मात्र बाँकी रहेको छ। पैचिङ र चाङ च्या खौले हिउँदे ओलम्पिक खेलकुद र हिउँदे प्यारा ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गरेदेखि चीनमा अपाङ्गता भएकाहरुका लागि हिउँदे खेलमा छिटो विकास भएको छ। हिजोआज खेलाडीहरुले मेहनतका साथ तालिम गर्दै आयोजक स्थलमा हिउँदे ओलम्पिक खेलकुदको अपेक्षा गरिरहेका छन्।

पैचिङ २०२२ हिउँदे प्यारा ओलम्पिक खेलकुदको आयोजनाका लागि एक वर्ष बाँकी रहेको अवस्थामा चिनियाँ व्हीलचेयर कर्लिङ टोलीकी सदस्य वाङ मङले हिउँदे प्यारा ओलम्पिक खेलकुदमा भाग लिन विश्वका खेलाडीहरुलाई आमन्त्रण गर्नुभएको छ। उहाँ भन्नुहुन्छ,

आज पैचिङ हिउँदे प्यारा ओलम्पिक खेलकुदको उद्घाटनका लागि ३६५ दिन बाँकी छ। यस अवसरमा म उत्सुक छु। पैचिङ हिउँदे प्यारा ओलम्पिक खेलकुद नजिकिँदै छ। यहाँ म चिनियाँ खेलाडीहरुको तर्फबाट सन् २०२२ मा आयोजना हुने हिउँदे प्यारा ओलम्पिक खेलकुदमा भाग लिन अरु देश र क्षेत्रका खेलाडीलाई स्वागत गर्नचाहन्छु। हामीले रोचक प्रदर्शन गरी खुसी र मित्रता प्राप्त गर्ने छौं। हामीले हाम्रा साहस, अठोट र समानतामार्फत विश्वलाई हौसला दिने छौं। सन् २०२२ मा पैचिङले तपाईंहरुको स्वागत गर्ने छ।

एक वर्षपछि वाङ मङ र यस टोली डिफेन्डिङ्ग च्याम्पिएनको रुपमा आयोजक स्थलका दर्शकहरु सामू देखा पर्ने छन्। चीनले सन् २००२ मा पहिलो पटक हिउँदे प्यारा ओलम्पिक खेलकुदमा भाग लिएको थियो, तर १६ वर्षपछि मात्रै चिनियाँ व्हीलचेयर कर्लिङ टोलीले प्याङचाङमा हिउँदे प्यारा ओलम्पिक खेलकुदमा चीनका लागि पहिलो स्वर्ण पदक जितेको थियो र यो कुरा धेरैलाई थाह छैन। सन् २०१५ मा चीनले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गर्दा हिउँदे ओलम्पिक खेलकुदका ६ वटा ठूला खेलमध्ये चीनमा २ वटा मात्र खेलिन्थ्यो। हिउँदे ओलम्पिक खेलकुदका खेलाडीहरु ५० जनाबाट आज १ हजार भन्दा बढी पुगेको छ। सम्पूर्ण ६ वटा ठूलो खेलमा चीनका खेलाडीहरु छन्।