आसियान सन् २०२१ को पहिलो त्रैमासिकमा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार
2021-04-13 19:43:56cri
Share with:

यसै त्रैमासिकमा आशियान, युरोप लीग, अमेरिका र जापान चीनका अघिल्ला चार व्यापारिक साझेदार

आसियानले सन् २०२१को पहिलो त्रैमासिकमा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा आफ्नो स्थान कायम राखेको छ। पहिलो त्रैमासिक तथ्यांकका अनुसार, चीनको आसियानमा आयात र निर्यातको कूल रकम १२ खर्ब ४० अर्ब चिनियाँ युआन रहेको छ, जुन चीनको कुल वैदेशिक व्यापार आयात र निर्यातको १४.७ प्रतिशत पुग्दछ।  

तीमध्ये चीनले आसियानमा ६ खर्ब ८३ अर्ब ४८ करोड चिनियाँ युआन निर्यात गरेको थियो र आसियानबाट आयात ५ खर्ब ६० अर्ब ६० करोड चिनियाँ युआन थियो।