यसै त्रैमासिकमा आशियान, युरोप लीग, अमेरिका र जापान चीनका अघिल्ला चार व्यापारिक साझेदार
2021-04-13 19:42:09cri
Share with:

यसै त्रैमासिकमा आशियान, युरोप लीग, अमेरिका र जापान चीनका अघिल्ला चार व्यापारिक साझेदार_fororder_QQ图片20210413194131

चीनको भन्सार प्राधिकरणले अप्रिल १३ तारिख निकालेको सन् २०२१को प्रथम त्रैमासिकमा चीनको वैदेशिक व्यापारिक आयात-निर्यात तथ्याङ्कका अनुसार, आशियान, युरोपेली लीग, अमेरिका र जापान चीनका प्रथम चार वटा व्यापारिक साझेदार बनेका छन् भने आयात-निर्यात कूल मात्राको हिसाबले छुट्टाछुट्टै गरी १२ खर्ब ४० अर्ब युआन, ११ खर्ब ९० अर्ब युआन, १० खर्ब ८० अर्ब युआन, ५ खर्ब ६१ अर्ब ४२ करोड युआन पुगेको छ भने वृद्धिदर क्रमशः २६.१ प्रतिशत, ३६.४ प्रतिशत, ६१.३ प्रतिशत, २०.८ प्रतिशत पुगेको छ।

यसबाहेक चीनले बेल्ट एन्ड रोड वरिपरि मुलुक र क्षेत्रीय व्यापक आर्थिक साझेदारी सन्धिका सदस्यप्रति गरेको निर्यात वृद्धि दर छुट्टा छुट्टै गरी २१.४ प्रतिशत र २२.९ प्रतिशत पुगेको छ।

गत वर्षको तेस्रो त्रैमासिकदेखि चीनको वैदेशिक व्यापारिक मात्रा लगातार तीन त्रैमासिकसम्ममा गत वर्षको सोही अवधिको तुलनामा सकारात्मक वृद्धि भएको छ। सरकारी विश्लेषणका अनुसार, भविष्यका केही समयमा उक्त वृद्धि प्रवृत्ति कायम रहने संभावना छ तर ठोस प्रवृत्ति अझै हेर्नुपर्छ।