अमेरिकी प्रजातन्त्र विश्व शान्तिलाई बिगार्ने सबभन्दा ठूलो कालो हात हो#चीनअमेरिकासम्बन्ध
2021-04-13 17:25:39cri
Share with:

अमेरिकी प्रजातन्त्र विश्व शान्तिलाई बिगार्ने सबभन्दा ठूलो कालो हात हो#चीनअमेरिकासम्बन्ध_fororder_QQ图片20210413172219

हाल पूर्वी युक्रेनको स्थिति चर्कँदैआएको छ। त्यसपछाडि अमेरिकी कालो हात रहेको देखिइरहेको छ। अमेरिकी सेनाले सैन्य जहाजलाई ब्ल्याक सीमा राख्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति र विदेशमन्त्री लगायत विभिन्न वरिष्ठ अधिकारीले युक्रेनसँग घनिष्ठ सम्पर्क गर्नुभयो। अमेरिकाको हस्तक्षेप भएपछि युक्रेनसमक्ष ठूलो मात्राको सैन्य भिडन्त भएको देखिएको छ। तर यो नै अमेरिकाले प्रजातन्त्रको नाममा अशान्ति मच्चाएको र विश्व शान्ति बिगार्ने गतिविधिहरूमध्येको एक हो।

चीनको मानवअधिकार अनुसन्धान समितिले हालै निकालेको एक प्रतिवेदनका अनुसार, दोस्रो विश्व युद्ध यता लगभग सबै अमेरिकी राष्ट्रपतिले कार्यावधिभित्र वैदेशिक युद्ध चलाएको वा युद्धमा संलग्न भएको देखिएको छ। अपूर्ण तथ्याङ्कका अनुसार, दोस्रो विश्व युद्धको अन्तदेखि सन् २००१ सम्म विश्वका १५३ वटा क्षेत्रमा भएका २४८ वटा सशक्त भिडन्तमध्ये २०१ वटा अमेरिकाले मच्चाएको हो भने त्यो ८१ प्रतिशत पुग्दछ। ती युद्धबाट धेरै सैनिकको ज्यान गुमेको मात्र नभइ निकै गम्भीर मानवीय र भौतिक क्षति भएको छ।

आक्रमणका गतिविधिलाई वैधानिक बनाउनका लागि अमेरिकाले तथाकथित सार्वभौमिकताभन्दा मानवअधिकार माथि रहने मानवीय हस्तक्षेप लगायत नारा बनाउने गरेको छ। तर जति सुन्दर आवरणले खराब लक्ष्य र दुःखद् परिणामलाई पनि लुकाउन सकेन।

अमेरिकी प्रजातन्त्र विश्व शान्तिलाई बिगार्ने सबभन्दा ठूलो कालो हात हो#चीनअमेरिकासम्बन्ध_fororder_QQ图片20210413172228

अमेरिका आफू पनि अमेरिकी प्रजातन्त्रको शिकार बनेको छ। एकातिर युद्धबाट भएको केही मुलुकका शरणार्थी र आतंकवादी शक्ति युरोप र अमेरिकालगायत मुलुकसम्म फैलिएका छन् र राष्ट्रिय सुरक्षा जोखिम धेरै थपेको छ। अर्कातिर विभिन्न आक्रमण युद्धको कारणले अमेरिकाको विश्वसनीयता र प्रभावलाई भयंकर रूपमा ओभरड्राफ्ट गरिएको छ र अन्तर्राष्ट्रिय समूहको कडा निन्दा पाएको छ।

 

युद्धको बानी लागेका अमेरिकी राजनीतिज्ञले हेन्रि एल्फ्रेड किसिंगरको अमेरिकालाई कूटनीति चाहिन्छ कि शीर्षकको किताबमा लेखिएको कुरा सम्झनुपर्छ कि प्रभूत्ववादबाट अमेरिकालाई महान राष्ट्र बनाउने सम्पूर्ण मूल्यमान्यता भंग गराइने छ।