जापानको समुद्रमा आणविक फोहोर पानी निकाल्ने आधिकारिक निर्णयको सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयको टिप्पणी
2021-04-13 17:26:34cri
Share with:

अप्रिल १३ तारिख जापानी सरकारले आधिकारिक रूपमा समुद्रमा आणविक फोहोर पानी विसर्जन गर्ने निर्णय गरेको छ। जापानको घनिष्ट छिमेकी र सरोकारवालाको हैसियतमा चीनले यसबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।

फुकुशिमा आणविक दुर्घटना विश्वमा अहिलेसम्मको सबैभन्दा गम्भीर आणविक दुर्घटना हो। यसले ठूलो मात्रामा रेडियोएक्टिव सामग्री चुहावट गरेको छ र समुद्री वातावरण, खाद्य सुरक्षा र मानव स्वास्थ्यमा गहिरो प्रभाव पारेको छ। आईएईए विशेषज्ञ टोलीको आँकलन रिपोर्टले स्पष्ट रूपमा औंल्याएको छ कि फुकुशिमा आणविक शक्ति केन्द्रबाट ट्राइटियम युक्त फोहोर पानीलाई सागरमा छोडियो भने यसले समुद्री वातावरण र छिमेकी देशहरूको सार्वजनिक स्वास्थ्यमा असर पार्नेछ। अवस्थित उपचारित फोहोर पानीमा अझै पनि अन्य रेडियनुक्लाइडहरू समावेश छन्, र थप शुद्धीकरण उपचार आवश्यक छन्।

घरेलु र विदेशी विरोधको बाबजुद जापानले छिमेकी देशहरू र अन्तर्राष्ट्रिय समुदायसँग पूर्ण परामर्श नगरी आणविक फोहोर पानी समुद्रमा एकतर्फी व्यवस्थापन गर्ने निर्णय गरेको छ। यो दृष्टिकोण अत्यन्त गैरजिम्मेवारपूर्ण छ र यसले अन्तर्राष्ट्रिय जनस्वास्थ्य, छिमेकी देशका जनस्वास्थ्यमा गम्भीर क्षति पुर्‍याउँछ।