छिङह्वा विश्वविद्यालयमा सी चिनफिङ
2021-04-19 17:32:24CRI
Share with:

छिङह्वा विश्वविद्यालय स्थापना भएको ११० औं वार्षिकोत्सव आउन लागिरहेको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १९ तारिख सो विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले छिङह्वा विश्वविद्यालय अन्तर्गत कला तथा डिजाइन एकेडेमी, इमेज तथा इन्टेलिजेन्ट टेक्नोलेजी र प्रणाली सम्बन्धी राष्ट्रिय मुख्य प्रयोगशालाको भ्रमण गर्दै विश्वविद्यालयको गहन सुधार , शैक्षिक बैज्ञानिक अनुसन्धान तथा नवीकरणका बारेमा जानकारी लिनुभएको छ। त्यसपछि उहाँले शिक्षक शिक्षिका तथा विद्यार्थीहरू सहभागी गोष्ठीलाई सम्बोधन पनि गर्नुभएको छ।

सन् १९११ मा स्थापित छिङह्वा विश्वविद्यालय एउटा मिलिजुली अनुसन्धान केन्द्रित विश्वविद्यालय हो। त्यहाँबाट स्नातकहरूमध्ये चीनका प्रान्तीय प्रमुखभन्दा माथिका पदहरूमा रहेका नेताको संख्या ३०० भन्दा बढी छ। सन् १९७५ देखि १९७९सम्म सी चिनफिङ पनि छिङह्वा विश्वविद्यालयमा रासायनिक विभागमा अध्ययनरत हुनुभएको थियो।