राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा#चिनियाँराष्ट्राध्यक्ष
2021-05-08 16:55:17CRI
Share with:

राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा#चिनियाँराष्ट्राध्यक्ष_fororder_101

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी आमाको नाम छी सिन हो। जापानी आतिक्रमण विरोधी युद्धको प्रारम्भिक अवधिमा क्रान्तिमा भाग लिएर चिनियाँ कम्युनिष्ट पार्टीमा भाग लिनुभएकी छी सिनले आफ्नो वास्तविक गतिविधि र शब्दले राष्ट्राध्यक्ष सीका लागि एक नमूना सिर्जना गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा#चिनियाँराष्ट्राध्यक्ष_fororder_102

सन् १९६९ मा उमेरले १६ वर्ष नपुग्दै राष्ट्राध्यक्ष सीले पल्लो शानसीको गाउँमा काम गर्नुभएको थियो। त्यहाँ ७ वर्षको अवधिमा राष्ट्राध्यक्ष सीले सधैँ आमाले बनाउनु भएको झोला बोक्नुहुन्थ्यो। उक्त झोलामा सिलाउने सामाग्री लगायतका सामग्री हुन्थे। सो झोलामा अटाएको “आमाको मन”भन्ने भावनाबाट आमा र छोराबीचको गहिरो माया र राष्ट्रका लागि समर्पित विचार प्रतिबिम्बित भएको थियो।

राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा#चिनियाँराष्ट्राध्यक्ष_fororder_103

घरेलु शिक्षालाई जोड दिनुहुने छी सिनले राष्ट्राध्यक्ष सीको पूर्ण विकास प्रक्रियालाई प्रभाव पार्नुभएको थियो। “निर्दोष बन्नुपर्छ, मन सफा राख्नुपर्छ र खुला तथा स्पष्ट अधिकारीको रूपमा काम गर्नुपर्छ”भन्ने विचार नै राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा हो। जनतालाई सर्वोच्च स्थानमा राख्दै एक कम्युनिष्ट पार्टीको समर्पित भावनालाई कायम राख्नु राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा पनि हो।

राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा#चिनियाँराष्ट्राध्यक्ष_fororder_104