कोभिड विरुद्धको पहिलो खोपका लागि अनलाइन आवेदन माग, १८ वर्ष माथिकाले दिन पाउने
2021-05-14 18:42:26CRI
Share with:

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले १८ वर्ष भन्दा माथिका नागरीकका लागि कोरोना विरुद्धको पहिलो खोपका लागि आवेदन फारम भर्न आग्रह गरेको छ।

जसका लागि आधिकारीक वेबसाईट https://vaccine.mohp.gov.np मा गएर फारम भर्न सकिने मन्त्रालयले जनाएको छ। देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिने छ फारम भर्ने अन्तिम मिति भने नतोकिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक शर्मा गौतमका अनुसार कोभिड १९ (कोरोना भाईरस) संक्रमण विरुद्ध खोप लगाउन जो सुकै ईच्छुक नेपाली नागरीककले आवेदन दिन सक्नेछन्।

“हामीले सबै दरखास्तहरुको राम्रोसँग अनुगमन गरीरेका छौँ र थप व्यवस्थापनका लागि हामीले यसलाई सम्बन्धित कार्यालयमा पठाईदिएका छौँ” गौतमले भन्नुभयो। “ फारम सकिने छैन , तापनि हामी आवेदन फारमहरुलाई सुरक्षित साथ लाईनमा राखेका छौ।”

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा खोप आउने बित्तिकै फारम भरेकाहरुलाई खोप दिन सुरु गरिने छ। सरकार छिट्टै नै खोप खरीद गर्ने प्रक्रियामा रहेको गोरखापत्रअनलाइनले लेखेको छ। खोप आयातका लागि भारत, चीन, रसिया,बेलायत र अमेरीकासँग वार्ता भैरहेको र खोप निर्माण कम्पनीसँग पनि परामर्श भैरहेको मन्त्रालयले जनाएको छ।