《तिब्बत शान्तिपूर्ण मुक्ति तथा समृद्ध विकास》श्वेतपत्र प्रकाशित #चीनकोतिब्बत
2021-05-21 14:27:27cri
Share with:

चीनको राज्य परिषदको प्रेस कार्यालयले ‘तिब्बत शान्तिपूर्ण मुक्ति तथा समृद्ध विकास’ श्वेतपत्र प्रकाशित गरेको छ। यस श्वेतपत्रका अनुसार सन् १९५१ मे २३ तारिख केन्द्रीय जन सरकार र तिब्बती स्थानीय सरकारबीच तिब्बतलाई शान्तिपूर्ण मुक्त गर्ने सम्झौतामा भएको हस्ताक्षरबाट तिब्बतको शान्तिपूर्ण मुक्ति अभिव्यक्त भएको छ। जसबाट तिब्बती जनताले साम्राज्यवादी प्रहारबाट मुक्त भएर पूर्ण राष्ट्रका विभिन्न जातीयहरुसँग एकताबद्ध,प्रगति र विकासको उज्यालो पथमा लम्केको छ।

नयाँ युगमा प्रवेशपछि राष्ट्राध्यक्ष सी चिनफिङ केन्द्रीत चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको दृढ निर्देशन र पूर्ण राष्ट्रका जनताको समर्थनमा तिब्बतले गरिबी निवारणमा चौतर्फी विजय प्राप्त गरेको छ। अहिले स्थिर समाज, समृद्ध अर्थतन्त्र तथा संस्कृति, पर्यावरणीय वातावरण अझै सुन्दर भएको एक नयाँ तिब्बत देखिन्छ। तिब्बतका विभिन्न जातिहरुले महासचिव सी चिनफिङद्वारा संरचना गरिएको महान योजनाबमोजिम जन गणतन्त्र चीनको पुनरुत्थान कल्पनाका लागि प्रयास गरिरहेका छन्। तिब्बती जनताको जीवन अझै सुन्दर हुने छ।