चीनद्वारा राजनीतिक पार्टीको माध्यमबाट नेपाललाई चिकित्सा सामग्री उपलब्ध गराइने
2021-05-27 13:02:21CRI
Share with:

चीनद्वारा राजनीतिक पार्टीको माध्यमबाट नेपाललाई चिकित्सा सामग्री उपलब्ध गराइने_fororder_052701

मे २६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालका मुख्य राजनीतिक पार्टीहरूसँग “महामारीको संयुक्त प्रतिरोध, जनताको सुरक्षाको संयुक्त संरक्षण-चीन र नेपालका राजनीतिक पार्टीहरूबीच महामारीको संयुक्त रुपमा प्रतिरोध” शीर्षकको भिडियो वार्ता गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री सुङ थाउ, नेपाली राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छे, नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणा, नेपाली कांग्रेस अन्तर्राष्ट्रिय विभाग प्रमुख डा. नारायण खड्काले उक्त वार्तालाई सम्बोधन गर्नुभएको छ।

मन्त्री सुङ थाउले चीन र नेपालबीच दीर्घकालीन मित्रता रहेको र खास गरी कोरोना भाइरस महामारी भएपछि दुई मुलुककले संयुक्त रुपमा कठिनाईको समाधान गरेको तथा दुई मुलुकका जनताको मित्रतालाई निरन्तर रुपमा सबल पारेको बताउनुभयो। उहाँकाअनुसार, हाल नेपालको महामारी अवस्था गम्भीर छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भर्खरै आयोजना भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा छिटो रुपमा महामारीलाई पराजित गर्न तथा आर्थिक वृद्धिलाई पुनःलयमा फर्काउनु नै अन्तर्राष्ट्रिय समाजको प्राथमिक कार्य भएको बताउनुभएको थियो।

चीनद्वारा राजनीतिक पार्टीको माध्यमबाट नेपाललाई चिकित्सा सामग्री उपलब्ध गराइने_fororder_052702

सुङले चीनले राजनीतिक पार्टीको माध्यममार्फत नेपालका मुख्य राजनीतिक पार्टी र सामाजिक संस्थानलाई चिकित्सा सामग्रीआदि सहयोग उपलब्ध गराउने व्यक्त गर्नुका साथै नेपालले छिटो रुपमा महामारीलाई पराजित गर्नसक्ने र नयाँ विकास साकार तुल्याउने विश्वास लिएको बताउनुभयो। साथै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका राजनीतिक पार्टीहरूसँग मिलेर दुई पार्टी र दुई मुलुकका नेताहरूबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, रणनीतिक आदान-प्रदान र सहयोगलाई बढाउने आशा लिएको व्यक्त गर्नुका साथै चीनले नेपालको विभिन्न पक्षलाई एकताबद्ध भएर महामारीविरुद्ध लड्न सधैँ समर्थन दिने बताउनुभयो।

चीनद्वारा राजनीतिक पार्टीको माध्यमबाट नेपाललाई चिकित्सा सामग्री उपलब्ध गराइने_fororder_052703

सो अवसरमा नेपाली राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतका नेपालका राजनीतिक पार्टीहरूका नेताहरूले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको शतवार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै सी चिन फिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ जनतालाई महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक विकासमा ठूलो उपलब्धि प्राप्त गर्न सफल भएकोमा उच्च मूल्यांकन गर्नुभएको थियो। साथै उहाँहरूले चीनसँग राजनीतिक पार्टी सम्बन्धलाई बढाएर महामारी बिरुद्ध लड्न, आर्थिक विकास, “बेल्ट एण्ड रोड” निर्माणआदि क्षेत्रहरूको व्यवहारिक सहयोगलाई अगाडि बढाउन र नेपाल र चीनको भाग्य समुदायको संयुक्त रुपमा सिर्जना गर्ने आशा व्यक्त गर्नुभयो।