किशोर किशोरी बलियो भए देश बलियो हुन्छ भन्ने चिनियाँ भनाइ छ। किशोर किशोरी र बच्चाहरूको हुर्काइमा सी चिनफिङले ध्यान दिँदै आउनुभएको छ। खानेलाउनेदेखि मानसिक स्वास्थ्यसम्म, स्कुलको शिक्षादेखि सामाजिक व्यवहारसम्म उनीहरू सम्बद्ध सानो होस् वा ठूलो सबै सी चिनफिङको मनमा राखिरहेको छ। अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्राध्यक्ष सीले किशोर किशोरी र बच्चाहरूको हुर्काइमा दिइरहनुभएको ध्यानको सिंहावलोकन गरौँ।
सन् २०२० को सेप्टेम्बर १६ तारिख हुनान प्रान्तीय रूछङ जिल्लाको याउ जातीय एक प्राथमिक स्कुलका विद्यार्थीहरूले बाजे सी चिनफिङसँग भेटे र ८० वर्षअघि लाल सेनाको कथा फेरि सुन्ने मौका पाए।
चालु वर्षको शुरूमा चीनमा गरिबी निवारण युद्ध सफल भयो। बितेका ८ वर्षमा गरिबी निवारण गर्दा सी चिनफिङले पटक पटक गरिबी निवारण गर्दा शिक्षामा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै आउनु भएको छ। उहाँले पहाडी क्षेत्रमा रहेका स्कुलहरूमा भोजनालयको अवस्था, खाद्यान्नमा आर्थिक सहायता अवस्थाबारे जानकारी लिनुभएको छ।
किशोर किशोरी र बाल बालिकाको मानसिक स्वास्थ्य देशको भविष्यसँग सम्बन्धित हुन्छ। चालु वर्ष आयोजित दुई अधिवेशनमा सी चिनफिङले उनीहरूको मानसिक समस्यामा बढी ध्यान दिनुपर्ने चेतना आमाबुवाहरूमाझ उठाउनुभएको छ।
चिनियाँ विद्यार्थीहरूको आँखा सम्बन्धी समस्याको सम्बन्धमा सी चिनफिङले पटक पटक भन्नु भएको छः सम्पूर्ण समाजले बच्चाहरूका आँखाको हेरचार गर्नुपर्छ।
सन् २०१३ देखि, नेता सी चिनफिङले बृक्षारोपन कार्यक्रममा किशोर किशोरी र बालबालिकासँगै रूख रोप्ने, पानी लगाउने गर्नुभएको छ र बढी कसरत गर्दै रूख जस्तै राम्रोसँग हुर्कने आशा पनि व्यक्त गर्नुभएको छ।