#अल्पसंख्यक जाति# नर्स लु चुफी
2021-06-15 15:32:45cri
Share with:

#अल्पसंख्यक जाति# नर्स लु चुफी_fororder_6151

बिहान ८ बजे, क्वाङसी चुआन जातीय प्रिफेक्चर हछी शहरको जनअस्पतालको सरूवा रोग विभागमा राति ड्यूटीमा रहेका सबै नर्सहरूको कार्य बिहानी सेवाका नर्सहरूलाई हस्तान्तरण गर्ने काम शुरू भएको छ। लु चुफी त्यहाँका एक जना मात्रै पुरूष नर्स हुन्।

नर्सिङ स्कूलबाट स्नातक भएपछि लुले उक्त अस्पतालमा नर्स बनेर काम गर्दै नियमित आम्दानी पाएर आफ्नो परिवारलाई आर्थिक कठिनाइबाट मुक्त गरेका थिए। सरूवा रोग वार्डका विशेष नर्सहरूले प्रतिदिन पटक पटक क्वारेन्टाइन क्षेत्रमा प्रवेश गरेर किटाणु नष्ट पार्ने, हात धुने गर्नुपर्छ। बिरामीहरूलाई नाकबाट खाना खुवाउने, अक्सिजन चाहिने बिरामीका लागि ब्यालर साट्ने, घाउमा नयाँ औषधि लगाउने....यी सबै नर्स लु चुफीले गर्ने मुख्य कामहरू हुन्।

सन् २०२० को शुरूमा कोरोना महामारी देखा परेपछि वुहानमा चीनको महामारी प्रतिरोधी मोर्चा बनेको थियो। त्यति बेला नर्स लुकी छोरी एक महिनाका मात्र थिइन। घरमा सबै व्यवस्था मिलाएर लुले वुहानमा सहयोग गर्नका लागि आवेदन दिए साथै वुहान जानुअघि चिनियाँ कम्युनिष्ट पार्टीमा प्रवेश गर्न आवेदन पनि दिए।

“वुहान जाने निश्चित गरेको बेलामा मलाई चिन्ता लागेको थियो। त्यसबेला छोरी भर्खरै जन्मेकी थिइन् र श्रीमती स्वास्थ्यलाभ गरिरहेकी थिइन्। शहर बन्द थियो। त्यति बेला मैले मेरा सहयोगी साथीहरू, अग्रज र शिक्षकहरूलाई सम्झेँ। उनीहरूबाट सिक्नुपर्ने विचार गरेँ। ”

वुहानको केन्द्रीय अस्पतालमा लुले सहकर्मीहरूसँगै मिलेर ३४ जना कोरोना बिरामीको स्याहारसुसार गरेका थिए। उत्कृष्ट काम गरेकाले नर्स लुले पार्टी सदस्यका लागि दिएको निवेदन स्वीकृत पनि भयो। पार्टीको सदस्य बनेपछि अझ स्पष्ट लक्ष्य र दृढ विश्वास आफूमा रहेको उनले बताए।

वुहानमा ३५ दिनसम्म बसेका लुले निको भएका हरेक बिरामीको हाँसोबाट कामको अर्थ परिवारलाई खाना खुवाउने मात्र होइन पेशागत अर्थ रहेको पनि थाहा पाए।

“हाम्रो काम सानो तर जटिल छ। धेरै बिरामीहरूले धेरै प्रश्न सोध्छन्। बिरामीहरू अस्पतालमा भर्ना भएदेखि जानेबेलासम्म उनीहरूको अनुहारमा देखिने मुस्कानको परिवर्तनबाट आफ्नो कार्यको उपलब्धि महसुस गर्नसकिन्छ।”