माओ स्वीद्बारा आफैलाई सिफारिश-1
2021-06-16 14:34:31cri
Share with:

माओ स्वीद्बारा आफैलाई सिफारिश-1_fororder_01

 

चीनमा एउटा लोकोक्ति प्रचलित छ: सुन हो भने चम्किरहनेछ। चीनमा एउटा उखान पनि छ: माओ स्वीले आफैलाई सिफारिश गरेका थिए।

प्राचीन कालमा चीनमा युद्ध राज्यकाल थियो। त्यस बेलाको चाउ राज्यको राजधानी हान् तानमाथि शक्तिशाली छिन राज्यका सैनिकले घेराबन्दी गरेका थिए र हान तान संकटमा परेको थियो।

हान तानलाई संकटबाट मुक्त गर्नका लागि चाउ राज्यका सम्राटले अर्को मुलुक छु राज्यसित मिलेर संयुक्त रुपमा छिन राज्यको प्रतिकार गर्ने विचार गरे। त्यसै कारण यस बारे कुराकानी गर्न भनेर राजकुमार फिंग युआन च्युनलाई छु राज्यमा पठाए।

फिंग युआन च्युनले आफ्नो घरका हजारौं नोकर-चाकरहरुबाट बहादुर र बुद्धिमान बीसजनालाई छानेर आफूसँगै लैजाने निर्णय गरे। तर जसरी छनौट गरेर पनि उन्नाइसजना मात्र छानिन्थे। त्यति बेला एकजना पाहुनाले आफैले रिक्त स्थानको पूर्ति गर्ने सिफारिश गरे। ती मानिस माओ स्वी नै थिए।

फिंग युआन च्युनले माओ स्वीलाई नियालेर हेरे र सोधेः“तिमी को हौ? के कामका लागि मसँग भेट्न आयौ?”

माओ स्वीले जवाफ दिए:“मेरो नाम माओ स्वी हो, हान तानलाई संकटबाट मुक्त गर्नका लागि तपाईंले छु राज्यमा सम्झाउने काम गर्नजाने सुनेर तपाईंसँगै जाने मेरो इच्छा छ।”

फिंग युआन च्युनले फेरि सोधेः “मेरो घरमा आएको कति वर्ष भयो? ”

माओ स्वीले जवाफ दिएः “तीन वर्ष भैसक्यो।”

फिंग युआन च्युनले भनेः“तीन वर्षको समय त्यति छोटो समय होइन। एकजना मानिसमा विशेष क्षमता भएको खण्डमा सार्कीले चलाउने सियोलाई झोलामा राखे जस्तै तुरुन्तै तीखो टुप्पो बाहिर देखिनेछ र त्यो मानिसको दक्षता पनि चाँडै नै देखापर्नेछ। तर तिमी मेरो घरमा तीन वर्ष बसिसक्यौ र तिम्रो के विशेष क्षमता छ भन्ने कुरा मैले सुनेको छैन। यस पल्ट म छु राज्य जानेछु र त्यसको सहयोगमा हाम्रो राज्य बचाउने काम गर्नेछु। कुनै पनि क्षमता नभएको मानिस मसँग जान पाउँदैन। तिमी पनि नजाउ। ” 

फिंग युआन च्युले खुलाले उक्त कुरा भनेका थिए। तर माओ स्वीले एकदमै आत्म-विश्वाससहित जवाफ दिएः "तपाईंको कुरा ठीक छैन। मेरो विशेष क्षमता नभएको होइन, तपाईंले मलाई झोलामा नराख्नुभएको मात्र हो। यदि तपाईंले मलाई पहिले नै झोलामा राख्नुभएको भए मेरो विशेष क्षमता सार्कीको सियो जस्तै निस्किसकेको हुन्थ्यो।” 

कुरा गर्दागर्दै फिंग युआन च्युनलाई माओ स्वीमा निकै क्षमता भएको जस्तो अनुभव भयो। त्यसैले उनले माओ स्वीको सिफारिश स्वीकार गरे। त्यसपछि ती बीसजना लाउकेलाई जम्मा गरेर उनी छु राज्यतीर लागे। छु राज्य पुगेपछि पिंग युआन च्युनले छु राज्यका सम्राटसित वार्ता शुरु गरे। फिंग युआन च्युनले संयुक्त रुपमा छिन् राज्यको सामना गर्नुपर्ने आवश्यकता बारे सविस्तार बयान गरेपछि हान तानलाई बचाउनका लागि चाँडै नै सैनिक पठाउने अनुरोध छु राज्यका सम्राट समक्ष प्रस्तुत गरे। तर छु राज्यका सम्राट भने चूप लागेर बसिरहे। विहानीपखदेखि मध्यान्हसम्म वार्ता चलेको थियो। तर त्यस वार्ताबाट कुनै नतीजा निस्कने। यसो भएपछि बाहिर कुरिरहेका बीसजना बैठकेहरु चिन्तित हुनथाले।