शनचौ १२ मानववाहक अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण
2021-06-17 11:04:03CRI
Share with:

शनचौ १२ मानववाहक अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण_fororder_1623895351893_180

चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयबाट प्राप्त जानकारीअनुसार, जुन १७ तारिख विहान ९ बजेर २२ मिनेटमा शनचौ १२ मानववाहक अन्तरिक्ष यान बोकेको छाङचङ २ एफ १२ क्यारियर रकेट प्रक्षेपण गरिएको छ। लगभग ५७३ सेकन्डपछि मानववाहक अन्तरिक्ष यानले रकेटबाट सफलताका साथ विभाजन भएर निर्धारित लीगमा प्रवेश गरेको छ।

शनचौ १२ मानववाहक अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण_fororder_1623895528755_977

ने हाइशङ, लिउ पोयाङ र थाङ हुङपोलगायत तीनजना अन्तरिक्ष यात्रीको अवस्था राम्रो छ। प्रक्षेपण सफल भएको छ।

शनचौ १२ मानववाहक अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण_fororder_1623895389181_298

यो चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना सुरूदेखि १९ औँ अन्तरिक्ष कार्य हुनुका साथै अन्तरिक्ष स्टेशन चरणमा पहिलोपटक मानववाहक अन्तरिक्ष यात्रा पनि हो। निर्धारित योजनामा अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा तीन महिनासम्म कार्य गर्नेछन्।